अर्घाखाँचीको मालारानीमा कांग्रेसको शोभाकर खनाल विजयी


१५ मंसिर २०७६, आईतवार
shobakar khanal

अर्घाखाँची, १४ मंसिर । अर्घाखाँची मालारानी गाउँपालिका वडा–३ मा वडा अध्यक्षमा नेपाली कांग्रेसको शोभाकर खनाल  विजयी भएका छन् ।

उनले आफनो निकटम प्रतिद्धन्द्धी नेकपाको यमलाल खनाललाई १ सय ६ को मत अन्तरले पराजित गरेका हुन् । शोभाकर खनालले ११५९ मत ल्याए भने नेकपाका यमलाल खनालले १०५३ ल्याएका हुन । राप्रपाका रण बहादुर खनालले ४ मत ल्याएका हुन । बदर मत संख्या ९ रहेको थियो ।

पहिलो केन्द्रमा मतदाता संख्या १६२० र दोश्रो केन्द्र मा १३९१ गरि जम्मा मतदाता संख्या ३०११ रहेको हो । मालारानी -३ मा खसेको मत २२२५ रहेको थियो जस मध्ये महिला १२३४ र १००१ पुरुषले मतदान गरेका थिए । ७३.८९ प्रतिशत मत खसेको थियो ।

५५ वर्षीय वडा अध्यक्ष जीवन कुमार चौहान को उपचारको क्रममा भरतपुर मेडिकल कलेज चितवनमा २०७४ साल मा निधन भए पछि अध्यक्ष पद खाली थियो ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७