तेक्वान्दोकी काजल श्रेष्ठलाई स्वर्ण


१७ मंसिर २०७६, मंगलवार
kajal shrestha

काठमााडौं, १७ मङ्सिर । काजल श्रेष्ठले राजधानीमा जारी १३ औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत तेक्वान्दो  ग्यारोगीतर्फ महिला ४६ केजी मुनि तौल समूहको स्पर्धामा स्वर्ण पदक जितेकी छिन् । तेक्वान्दोमा मंगलबार नेपालले जितेको यो पहिलो स्वर्ण हो ।

सातदोबाटोस्थित तेक्वान्दो हलमा काजलले पाकिस्तानकी सैयड सिद्रा बटुललाई ५०–१४ ले पराजित गर्दै स्वर्ण जितेकी हुन् । यसअघि उनले भारतकी राधा भाटीलाई ५०–३९ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेकी थिईन् ।

पहिलो दिन पुम्सेतर्फ दवदवा कायम गरेको तेक्वान्दोले कुल ७ स्वर्ण जितेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७