केन्द्र र प्रदेशमा यी मन्त्रालय रहने छन् (सुचीसहित)


१६ पुष २०७४, आईतवार
primenister office

काठमाडौं: अधिकार सम्पन्न संघीयता कार्यन्वयन समितिले मुलुकमा केन्द्र र प्रदेशमा कतिबटा मन्त्रालय रहने भन्ने विषयमा निर्ण गरेको छ । समितिले निर्णय गरे अनुसार केन्द्रमा १५ मन्त्रालय रहे छन् । भने, प्रदेशमा ७ मन्त्रालय रहे भनी सिफरिस गरेको छ । अब गठन हुने संघीय सरकारमा राज्यमन्त्रीसमेत गरी २५ जनासम्म मन्त्री हुने संवैधानिक व्यवस्था छ।

primenister office

केन्द्र र प्रदेशमा रहने मन्त्रालयको सङ्ख्या भने संविधानमा उल्लेख छैन। संविधानले प्रदेशमा हुने मन्त्री र मन्त्रालयका बारे पनि केही उल्लेख गरेको छैन । संविधानविद् काँशीराज दाहालको संयोजकत्वको समितिले गरेको सिफारिस सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषद्मा पठाएको छ।

यी मन्त्रालय रहने छन् केन्द्रीमा:
१, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
२, अर्थ तथा योजना मन्त्रालय
३, उद्योग, वाणिज्यश्रम तथा आपूर्ति मन्त्रालय
४, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय
५, कृषि सहकारी तथा भूमि व्यवस्थापन मन्त्रालय
६, गृह मन्त्रालय
७, जलस्रोत तथा ऊर्जा मन्त्रालय
८, परराष्ट्र मन्त्रालय
९, वन, विज्ञान तथा वातावरण मन्त्रालय
१०, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
११, महिला, सामाजिक न्याय तथा संघीय मामिला मन्त्रालय
१२, रक्षा मन्त्रालय
१३, शिक्षा तथा सञ्चार मन्त्रालय
१४, संस्कृति, पर्यटन,नागरिक उड्ययन तथा खेलकुद मन्त्रालय
१५, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

प्रदेशमा हुने मन्त्रालय:
१, प्रदेश मन्त्रिपरिषद् तथा मुख्यमन्त्रीको कार्यालय,
२, आर्थिक विकास मन्त्रालय,
३, कृषि, सहकारी तथा भूमि व्यवस्थापन मन्त्रालय,
४, गृह मन्त्रालय
५, पूर्वाधार विकास मन्त्रालय,
६, वन, विज्ञान तथा वातावरण मन्त्रालय
७, शिक्षा, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७