महिला ह्याण्डबलमा नेपाल पहिलाे पल्ट फाइनलमा प्रवेश


२१ मंसिर २०७६, शनिबार
shanti kala rai handball2 scaled
lrKn]9’ªuf, @! dªl;/M Xof08an t]xf}F blIf0f PlzofnL v]ns”b k|ltof]lutf -;fu_ cGtu{t zlgaf/ kf]vf/f /+uzfnfdf ePsf] Xof08ansf] ;]ldkmfOgn v]n . v]ndf g]kfnn] kfls:tfgnfO{ @@–@! uf]n cGt/n] k/flht ub} g]kfnL dlxnf 6f]nLn] klxnf] k6s kmfOgnsf] ofqf to u/]sf] 5 . tl:a/M hd’gfjiff{ zdf{÷ /f;;

पोखरा, २१ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग)का नेपाली महिला ह्याण्डबल टोली फाईनल प्रवेश गरेको छ ।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको शनिबार भएको खेलमा पाकिस्तानलाई हराउँदै फाइनल प्रवेश गरेको हो ।


नेपालले पाकिस्तानलाई १ गोल अन्तरले पराजित गरेको हो । नेपाल पाकिस्तानलाई २२–२१ गोल अन्तरले पराजित गर्दे फाइनल यात्रा तय गरेको हो ।

पहिलो हाफमा ८–११ ले पछि परेको अवस्थामा नेपालले दोस्रो हाफमा भने कम व्याक गर्दै विजय हासिल गरेको हो ।

नेपालको लागि उमा राईले सर्वाधिक ११ गोल गरिनभने कला राईले ४ र निशा राई र कविता राईले समान २–२ गोल गरे । यस्तै रामकुमारी चौधरी, रन्जना राई र बन्दना राईले समान १–१ गोल गरेका थिए ।

अब नेपालले स्वर्ण पदकको लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ । आजै भएको पहिलो सेमिफाइनल खेलमा भारतले बंगादेशलाई ४१–१३ गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरिसकेको हो ।

 सागमा महिला हृयाण्डबलमा नेपाल पहिलो पटक फाइनलमा प्रवेश गरेको हो । नेपालले समुह विजेता बन्दै समेमिफाइनलमा प्रवेश गरेको थियो ।

१२ औं संस्करणकै साग गेमको सेमिफाइनलमा नेपाली महिला टोली बंगलादेशसँग हारेको थियो । तेस्रो स्थानको लागि भएको खेलमा नेपाल पाकिस्तानसँग हार्दै पदकविहीन बनेको थियो ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७