हेल्थपोष्ट इञ्चार्जद्वारा कार्यालयमै थुनेर महिलामाथि रातभर बलात्कार

बलात्कारपछि जागिरको प्रलोभन


२२ मंसिर २०७६, आईतवार
Rape for nayapage

रौतहट, २२ मंसिर । रौतहटस्थित एक स्वास्थ्यकर्मी महिलालाई कार्यालयमै थुनेर बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।

चितवन भरतपुरकी एक ३२ वर्षीय महिलालाई कार्यालयमै थुनेर रातभर बलात्कार गरेको आरोपमा रौतहटको यमुनामाई गाउँपालिकास्थित सरुअठा हेल्थ पोष्टका इञ्चार्ज सुधिरकुमार सिंह शनिबार पक्राउ परेका हुन् ।

सिंहसँगै महिलामाथि बलात्कार हुने वातावरण सिर्जनामा भूमिका देखिएका गोरखा–गौर चल्ने बसका सहचालक अविनाश कार्कीलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

रातभर बलात्कार, बलात्कारपछि जागिरको प्रलोभन
स्याङ्जा माइती भइ कास्कीमा विवाह गरेकी जिना (नाम परिवर्तन) चितवनको भरतपुरमा दुई सन्तानसँग बस्दै थिइन् । ४ सन्तानकी आमा ३२ वर्षीय जिनाको श्रीमनन्बीच सम्बन्ध राम्रो नभएपछि उनी केही समदेखि चितवनको भरतपुरमा बसी दैनिक मजदुरी गर्दै आएकी थिइन् । जिनाले आफ्ना दुई सन्तानलाई पनि आफूसँगै राखेकी थिइन् । एक वर्षयता श्रीमानले अर्कै विहे गरी भारतमा बस्न थालेका थिए ।

जिनाको गोरखादेखि रौतहटको गौर चल्ने सुवेदी मिनी डिलक्स बसका सहचालक अविनाश कार्कीसँग चिनजान भयो । चिनजानपछि महिलाले गौर घुम्न जान मन लागेको बताइन् । सहचालक कार्कीले महिलाको इच्छा अनुसार गौर घुमाउन लगे ।

मंसिर १७ गते बिहान भरतपुरबाट हिंडेकी महिला करिब १२ बजे रौतहटको गौर पुगेकी थिइन् । बसका सहचालकले महिलालाई दिनभर गौर घुमाई दिए । तर त्यसदिन उक्त बस चितवन नफर्कने भएपछि सहचालकले अर्को बसमा चढाएर महिलालाई चितवन फर्काई दिने निर्णय गरे ।

ती सहचालक र महिला गौरको बसपार्कमा पुगे । तर साँझ गाडी नपाएपछि रौतहटकै चन्द्र निगाहपुरमा बस पाइने भन्दै त्यहाँ जान लागे । त्यही बेला सरुअठा स्वास्थ्य चौकीका इञ्चार्ज हेल्थ असिस्टेण्ट सुधिरकुमार सिंहसँग सहचालकको भेट भयो । ४५ वर्षीय सुधिरले बसपार्कमा बस नपाएको भए चन्द्र निगाहपुरमा बस पाउने र आफू त्यतै जान लागेको भन्दै महिलालाई चन्द्र निगाहपुर पुराई दिने भन्दै मोटरसाइकलमा राखेर हिंडे ।

सिंहले महिलालाई बस चढाउनका लागि चन्द्र निगाहपुर लगेनन् । बरु गौर बसपार्कबाट १५ किलोमिटर टाढा सरुअठा स्वास्थ्य चौकीमा लिएर गए । राति भइसकेकाले भोलि जाउँला भन्दै महिलालाई त्यहीं राख्न चाहे । तर महिलाले आफू नबस्ने र बसपार्क पुर्‍याई दिन भने पनि सिंहले मानेनन् र रातभर स्वास्थ्य चौकीमै राखी पटक–पटक बलात्कार गरे । मंसिर १८ गते बिहान मात्रै सिंहले महिलालाई चन्द्र निगाहपुर बसपार्कमा ल्याएर छाडी दिए ।

महिला बस चढेर भरतपुरतर्फ लागिन् । त्यसपछि मात्रै महिलाले ती ‘डाक्टर’लाई फोन गरेर आफूलाई बलात्कार गरेकोबारे प्रहरीमा उजुरी दिएको जानकारी दिइन् । महिलाले उजुरी गर्ने भनेपछि आत्तिएका सिंहले उजुरी नगर्न आग्रह गर्दै स्वास्थ्य चौकीमै महिलालाई जागिर दिने प्रलोभन देखाए ।

तर पनि महिलाले ती डाक्टरको प्रस्ताव अस्वीकार गरिन् र जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ती डाक्टरविरुद्ध उजुरी दिइन् । महिलालाई ती डाक्टरको नाम समेत थाहा थिएन । तर आफूसँग भएको मोबाइल नम्बर राखेर उनले ती डाक्टरविरुद्ध उजुरी दिएकी थिइन् । उजुरी लगत्तै प्रहरीले शुक्रबार साँझ डाक्टर सुधिर कुमार सिंहलाई गौरबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७