भुटानका सेञ्जो ग्याल्जेनले फर्काए गोल, नेपाल–भुटान बराबर


२४ मंसिर २०७६, मंगलवार
football 3

काठमाडौं, २४ मंसिर । १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत आज (मंगलबार) को पुरुष भुटवल फाइनल खेलमा भुटानले नेपाललाइ फर्काएको छ ।

भुटानका कप्तान चेन्चो ग्याल्सेनले ३७ औं मिनेटमा बराबरी गोल फर्काएका हुन् । यसअघि भुटानविरुद्ध नेपालका लागि १७ औं मिनेटमा अभिषेक रिजालले पहिलो गोल गरेका थिए । उनले जारी सागमा योसँगै ३ गोल गरेका छन् । उनले यसअघि माल्दिभ्स र भुटानविरुद्ध एक–एक गोल गरेका थिए ।

नवौं मिनेटमा मिक्चेन तामाङले पोष्ट भित्र पाएको मौकामा भने चुकेका थिए । नेपालको खेल हेर्न दशरथ रङ्गशालामा दर्शकको उल्लेख्य उपस्थिति छ । स्वर्ण पदकका लागि भएको फाइनल प्रतिष्पर्धामा विजेता टिमले स्वर्ण पदक पाउने छ भने पराजित हुने टिम रजत पदकमा सीमित हुनेछ ।

राउण्ड रोविन लिगमा नेपाल शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो । नेपालले ४ खेलबाट १० अंक हासिल गर्दा दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको भुटानले ९ अंक हासिल गरेको थियो । सागको जारी संस्करणमा नेपाल र भुटानबीच दोस्रो पटक प्रतिश्पर्धा भएको हो । अघिल्लो खेलमा नेपालले भुटानमाथि ४–० को जित हासिल गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७