एनआईसी एसिया लघुवित्तले आईपीओ निष्कासन गर्ने


२४ मंसिर २०७६, मंगलवार
823 1575947941oath taking ceremony

काठमाण्डौ,२४ मंसिर । एनआईसी एशिया बैंक लिमिटेडको सहायक कम्पनी एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणलाई प्राथमिक शेयर निष्काशन गर्ने निर्णय गरेको छ।

काठमाण्डौको थापाथलीस्थित ट्रेड टावरमा सोमबार सम्पन्न संस्थाको दोस्रो साधारणसभाले आईपीओ निष्कासन गर्ने निर्णय गरेको हो । संस्थाले नियामक निकायहरु लगायतका कार्यालयहरुबाट आवश्यक स्वीकृति प्राप्ति भएपछि आईपीओ निष्कासन गर्ने जनाएको छ ।

साधारणसभाले सञ्चालक समितिको प्रतिवेदनसहित आर्थिक वर्ष २०७५र७६ को वित्तीय विवरण पारित गरेको छ ।

यसैबीच सोमबार नै बसेको संस्थाको ३९ औँ सञ्चालक समितिको बैठकले कपिल ढकाललाई सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ । ढकाल हाल बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन् । ढकालसँग आईसीआईसीआई बैंक तथा विश्व प्रसिद्ध परामर्शदाता कम्पनी ( Deloitte ) मा कार्य गरेको र हाम्रो विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत भई कार्य गरेको अनुभव पनि रहेको छ ।

ढकालले सोमबारै नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक श्री देवकुमार ढकालबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक वीरेन्द्र दत्त अवस्थी, एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र एनआईसी एशिया लघुवित्तका वित्तीय संस्थाका निवर्तमान अध्यक्ष अर्जुनराज खनियालगायतको उपस्थिति थियो ।

यस लघुवित्त वित्तीय संस्थाले स्थापनाको छोटो समयमै दुर्गम जिल्ला जाजरकोटमा रजिष्टर्ज कार्यालय स्थापना गरी वित्तीय पहुँच नपुगेका स्थानहरुलाई प्राथमिकता दिई मुलुकको १९ जिल्लाहरुमा ६१ शाखा कार्यालय स्थापना गरी विपन्न वर्गहरुलाई सहज वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७