कांग्रेसमा चर्को विवाद : पौडेल पक्षद्वारा बैठक बहिस्कार, कोइराला र सिटौला अनुपस्थित


२६ मंसिर २०७६, बिहीबार
Congress Sher bahadur deuwa ramchandra paudel

काठमाडौं, २६ मंसिर :  नेपाली कांग्रेस भित्र चर्को विवाद उत्पन्न भएको छ । सभापति शेरबहादुर देउवाले एक पक्षीय रुपमा पार्टीको विभागको संख्या बढाउने प्रस्ताव राखेपछि कांग्रेस भित्र विवाद बढेको हो ।  

विहिबार बोलाइएको केन्द्रीय समितिका बैठक कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बहिस्कार गरेका छन् । संस्थापन पक्षले २८ विभागको संख्या बढाएर ४५ बनाउने तयारी गरेपछि पौडेल पक्ष रुष्ट छ । संस्थापन पक्ष पेलेरै भएपनि ४५ विभाग गठनसम्बन्धी प्रस्तावलाई पारित गराउने रणनीतिमा छ । 

वरिष्ठ नेता विहिबार पौडेल पार्टी कार्यालयमै उपस्थित भए पनि बैठकमा भने गएनन् । यस्तै महामन्त्री सशांक कोइराला तथा पूर्व महामन्त्री कृष्ण सिटौला पनि बैठकमा उपस्थित भएनन् । 

विधानत आगामी फागुनमा महाधिवेशन गर्नुपर्ने हुन्छ । तर, कांग्रेसको बैठक पुरानै महाधिवेशनको म्यान्डेटअनुसार भइसक्नुपर्ने विभाग गठन तथा संरचनालाई पूर्णता दिन सकेको छैन। आगमी महाधिवेशनलाई केन्द्रीत गरेर संस्थापन पक्षले विभागको संख्या बढाउन लागेपछि विवाद चर्किएको छ ।

कांग्रेसमा केन्द्रका २८ र प्रत्येक प्रदेशका २२ गरी कुल १८२ विभाग नेतृत्वविहीन छन्। कांग्रेस विधानमा ६७४३ वडा, ७५३ पालिका, ३३० प्रदेश क्षेत्र, १६५ प्रतिनिधिसभा क्षेत्र, ७७ जिल्ला, ७ प्रदेश तहका समितिको व्यवस्था छ। तर, परम्परागत जिल्ला समिति र केन्द्रीय समितिकबाहेक अरू संरचना बन्न सकेको छैन।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७