धनुषा विष्फोट : विप्लव समूहका दुई महिलासहित तीन नेता पक्राउ


२८ मंसिर २०७६, शनिबार
army 1

धनुषा, २८ मंसिर । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले प्रहरी निरीक्षकसहित तीन जनाको ज्यान जाने गरी धनुषामा गराइएको बम विष्फोटका दोषीलाई जसरी पनि पक्राउ गरी छाड्ने बताएको केहि घण्टामै धनुषा प्रहरीले सो घटनाको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।

एक प्रहरी निरीक्षक र एकै घरका बाबु छोराको ज्यान जाने गरी गराइएको बम बिष्फोटको घटनामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले प्रतिबन्धित विप्लव समूहका दुई महिलासहित तीन स्थानीय नेतालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रामेश्वर कार्कीले जानकारी दिएका छन् ।

पक्राउ पर्नेमा विप्लव समूहका प्रदेश–२ संयोजक ५१ वर्षीया सीतादेवि महरा, केन्द्रीय सदस्य ४१ वर्षीया ललिता महरा र रामशोभित गाहा छन् । पक्राउ परेका तीनै जनामाथि अनुसन्धान थालिएको जनाइएको छ ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका– ५ स्थित इलाका प्रहरी कार्यालय भन्दा करिब ४ सय मिटरको दूरीमा पर्ने राजेश साहको नव निर्मित घरमा गए राति बम विष्फोट हुँदा साहसहित प्रहरी निरीक्षक अमिरकुमार दाहाल र राजेश साहका छोरा आनन्द साहको मृत्यु ज्यान गएको थियो । यस्तै अन्य चार जना घाइते छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७