सिन्धुपाल्चोक बस दुर्घटना : मृत्तकको संख्या १४ पुग्यो, १८ घाइते (अपडेट)


२९ मंसिर २०७६, आईतवार
sindhu 1

सिन्धुपाल्चोक, २९ मंसिर । सिन्धुपाल्चोकमा बस दुर्घटना मृत्यु हुनेको संख्या १४ पुगेको छ । दुर्घटनामा १८ जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

दोलखा जिल्लाको कालिन्चोक मन्दिर दर्शन गरी काठमाडौंतर्फ फर्कदै गरेको बा ४ ख ४४६८ नम्बरको बस आइतबार बिहान सडकबाट ५०० मिटर तल खसेको थियो ।

sindhu

घटनास्थलमा आठ महिला, तीन जना पुरूष, एक जना बालिका र दुई बालक गरी १४ जनाको शव फेला परेको हो प्रधान कार्यालयले जानकारी दिएको छ ।

प्रहरी चौकी लामोसाँघु, इलाका प्रहरी कार्यालय बाह्रबिसे र जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको टोलीले घटनास्थलमा भेटिएका १८ जनालाई उद्धार गरी उपचारका लागि धुलिखेलतर्फ पठाएको छ ।

मृतकहरूको सनाखत भइसकेको छैन । उक्त बस भक्तपुरबाट रिजर्व गएको पाइएको छ । मृतकहरू सिन्धुपाल्चकोक जुगल गाउँपालिका घर भई भक्तपुर डेरा गरी बस्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७