ओबामाले किने एक अर्ब ३३ करोडको घर, यस्ता छन् सुविधा


२९ मंसिर २०७६, आईतवार
obama

वासिङटन डिसी, २९ मंसिर । अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले एक अर्ब ३३ करोड रुपैयाँ बराबर सुविधासम्पन्न घर किनेका छन् ।

ओबामाले डिसेम्बर ४ तारिखमा एड्गरटाउनस्थित मार्थाज भाइनयार्ड किनेका हुन् । उक्त घरको मूल्य ११.७५ मिलियन डलर अर्थात् एक अर्ब ३३ करोड ७४ लाख ३७ हजार ३९ रुपैयाँ परेको छ ।
ओबामाले विक्लिफ ग्राउसबेक र कोरिन बास्लर ग्राउसबेकबाट उक्त घर किनेका हुन् जो चर्चित बास्केटबल क्लब बोस्टन सेल्टिक्सका मालिक समेत हुन् ।

६ हजार ८ सय ९२ स्क्वायर फुटमा बनेको घरमा ७ बेडरुम, ८ शौचालय, २ ग्यारेज, स्विमिङ पुल लगायतका सुविधा छन् । सन् २०१५ देखि विक्रीमा रहेको घरको मूल्य २२.५ मिलियन डलर राखिएको थियो तर पछि घरको मूल्य घट्यो ।

यसअघि जुनमा १६.२५ मिलियन डलर राखिएको थियो भने फेरि जुलाईमा १४.८५ मिलियन डलरमा घटेको थियो । ओबामा मार्थज भाइनयार्डमा हरेक वर्षको अगष्टमा सपरिवारसँग घुम्न जान्थे । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७