मिस पुर्वान्चलको मिस पर्सनालिटी र र इन्टलेक्चुअल छनौट सम्पन्न


१ पुष २०७६, मंगलवार
miss puranchanl 4 scaled

धरान, १ पुष । आगामी पौष ५ गते हुने नेपालआईस मिस पुर्वान्चलको फिनालेको लागि तयारी गरिरहेका प्रतियोगीहरु मध्ये वाई वाई मिस पर्सनालिटी र मिस इन्टलेक्चुअल छनोट कार्यक्रम मंगलबार बराह किचेनमा सम्पन्न भएको छ । 

छनोट कार्यक्रममा डा। सरुन कोइराला , बराह ग्रुपका वरिष्ठ प्रशासकिय अधिकृत गंगा कालिकोटे , मिस पुर्वान्चल २०१६ फर्स्ट रनर अप इक्शा मादेन , सिजी ब्रुअरीका डेपुटी म्यानेजर खेम कुइकेल र सुरेश राई निर्णायक रहेका थिए ।

प्रतियोगीहरुको प्रश्न(उत्तरको शैली , भेषभुषा , आउटनलेज , टेबल म्यानर लगायतका कुरा हरु को आधारमा वाईवाई मिस पर्सनालिटी र मिस इन्टलेक्चुअलको छनोट गरिनेछ ।

सिजी ब्रुअरी को मुख्य प्रायोजन,बराह ग्रुपको प्रस्तुति र डिभाइन वाइन र ओम शान्ति कम्पनि लिमिटेड सिओल कोरियाको सह-प्रायोजनमा तथा सिल्भर इन्टर टेनमेन्टको आयोजनामा हुने मिस पुर्वान्चल २०१९ को विजेताले मिस पूर्वाञ्चल २०१९ को उपाधिसँगै रु दुइ लाख नगद र अध्ययनका लागी छात्रवृत्ति दिईने आयोजकले जनाएको छ ।


त्यस्तै फस्ट र सेकेण्ड रनर अफलाई क्रमशः एक लाख नगद र पचास हजार नगद पुरस्कार सँगै छात्रवृत्तिकोपनि व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

त्यस्तै मिस ट्यालेन्ट, मिस फोटोजेनिक, मिस मल्टीमेडिया , र मिस पर्सनालिटी, मिस बेस्ट कम्लेक्सन ,मिस इन्टलेक्चुअल लगायतका विभिन्न विद्यामा समेत प्रतियोगीहरु पन्ध्र हजार नगद पुरस्कारको ब्यबस्था गरिएको

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७