निशान किक्स ४५० प्लस बिक्री भएको अवसरमा ग्राहकलाई चार लाख ५० हजारकाे अफर


८ पुष २०७६, मंगलवार
1577169008nisan

काठमाडौं, ८ पौष । नेपालका लागि निशान र ड्याटसनका गाडीहरुको आधिकारीक बिक्रेता पायोनियर मोटो कर्पले नेपालभरी ४५०प्लस निशान किक्स बिक्री भएको अवसरमा आफ्ना ग्राहका लािग विशेष योजना ल्याएको छ।

निशान किक्स नेपाली बजारमा भित्रीएको केहि महिनामै ग्राहकको विश्वास जित्न सफल भएको भन्दै मोटो कर्पले आकर्षक अफरहरु ल्याएको छ।

यो अफरमार्फत ग्राहकले लगभग चार लाख ५० हजार बराबरको लाभहरू पाउनसक्ने भएका छन्।यसैअन्तर्गत दुई लाख ५० हजारसम्मको भारी नगद छुट, एक लाख रुपैयाँ बराबरको एक्सचेन्ज बोनस वा ब्रान्ड न्यू आइफोन ११ (१२८ जिबी) पाउनेछन्।

अन्य उपहारस्वरुप ग्राहले निः शुल्क बश्चको हाई प्रेशर वाशर, वर्षको सवारी बीमा र सडक करका साथै तीन वर्षसम्मको वारेन्टीसहित तीनै वर्षसम्म निः शुल्क गाडी सरभिसिंङको सुविधा पाउन सक्नेछन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७