खोटाङको हलेसीमा भीषण आगालागी
काठमाडौं : खोटाङको तुवाचुङ हलेसी नगरपालिकामा भीषण आगालागी भएको छ । सबै भन्दा चर्चित त्रिधार्मिक स्थल हलेसी बजारमा मंगलबार बेलुका आगालागी भएको नगर अधिकृत अनिल किराती जानकारी दिए ।
उनले अहिलेसम्म ७÷८ घर जलिसकेको जानकारी दिए । आगालागी नियन्त्रणको प्रयास भइरहेको बताएका छन् ।