एनआईसी एशिया बैंकको नयाँ शाखा काठमाडौंको ढुङ्गेधारामा


१५ पुष २०७६, मंगलवार
photos BezrKNAM6z

काठमाडौं, १५ पुस । एनआईसी एशिया बैंकले काठमाडौंको ढुङ्गेधारा, नर्सरी चोकमा नयाँ शाखा खोलेको छ। सो शाखाको उद्घाटन मङ्गलबार पूर्व सासंद तथा संविधान सभा सदस्य डा।भिष्मनाथ अधिकारीले गरे।

उक्त शाखा सञ्चालनमा आएसँगै सो क्षेत्रका स्थानीयलाई बैंकिङ्ग सेवा प्राप्त गर्न सहज हुने विश्वास बैंकले लिएको छ।

बैंकले मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४०६ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७