एमाले र माओवादीका विद्यार्थी संगठनबीच झडप, २ घाइते


१९ पुष २०७४, बुधबार
nnnnnnn

काठमाडौं: नेकपा एमाले सम्बद्ध अनेरास्ववीयू र माओवादी केन्द्र सम्बद्ध क्रान्तिकारीबीच झडप भएको छ । अहिले एमाले र माओवादी पार्टी एकताको तयारी गरिरहेको बेला दुई संगठनबीच भने क्लास मनिटरको विषयमा झडप भएको हो ।

nnnnnnn
कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा अध्यनरत बीएससी सेकेण्ड सेमेस्टरमा पढ्ने विद्यार्थीको कक्षा मनिटर चयनको विषयमा विवाद भएपछि झडप भएको हो । झडपमा किसन घिमिरे र विकलचन्द्र श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ । उनीहरूको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । दुवै घाइतेको टाउँकोमा चोट लागेको छ । अहिले क्याम्पस परिसरमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७