पूर्व-पश्चिम राजमार्ग दैजी-झलारी खण्ड अवरुद्ध


१७ पुष २०७६, बिहीबार
84 Shares
road block

भीमदत्तनगर, १७ पुस । मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग राख्दै पूर्व–पश्चिम राजमाग अन्तर्गत कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजी–झलारी खण्ड अवरुद्ध भएको छ ।

मङ्गलबार राति सो सडकखण्ड अन्तर्गत कृष्णपुर नगरपालिकास्थित आमखैया जङ्गलमा भारतीय पर्यटक बसले बेदकोट नगरपालिका–३ का ४४ वर्षीय जय रानालाई ठक्कर दिँदा मृत्यु भएपछि स्थानीयवासिन्दाले आज विहानदेखि सो सडकखण्ड अवरुद्ध पारेका हुन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बस चालकलाई नियन्त्रणमा लिएको र राजमार्ग खुलाउने प्रयास भइरहेको जनाएको छ । भीमदत्तनगरबाट बुटवलतर्फ गइरहेको युपी १७ एटी १०६६ नम्बरको बसले विपरीत दिशाबाट म १ प ९०२७ नम्बरको बसमा घर आइरहेका रानालाई ठक्कर दिएको थियो ।

मृतकका आफन्तले शव बुझ्न समेत मानेका छैनन् । मृतकको शव धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा राखिएको छ । ठक्कर दिने बस र चालक इलाका प्रहरी कार्यालय झलारीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

jagdamba.cement
rbbbb

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७