एनआईसी एशिया बैंकको कार्ड प्रयोग गर्दा १०% क्यासव्याक हुने


१७ पुष २०७६, बिहीबार
NIC Asia Bank cash back ueVc9EuDWs

काठमाडौं, १७ पुस । एन आई सी एशिया बैंक लिमिटेडले आफ्ना डेविट एवं क्रेडिट कार्डवाहक ग्राहकहरुका लागि नयाँ बर्ष २०२० को अवसर पारेर क्यासव्याक अफर ल्याएको छ ।

गत डिसेम्बर ३१ देखि २५ फेब्रुवरी २०२० सम्म भिसा कार्ड मार्फत खरिदमा भुक्तानी गर्दा १० % वा अधिकतम रु १५००सम्म क्यासव्याक प्रदान गर्ने भएको छ ।

उक्त अफर अन्तर्गत क्यासव्याक प्राप्तगर्न बैंकका डेविट एवं क्रेडिट कार्डवाहकहरुले सामान वा सेवा खरिद गर्दा न्यूनतम रु। ५०० तथा सो भन्दा वढीको खरिद गर्नुपर्ने तथा योजना अवधिमा कम्तीमा ५ पटक सम्म कारोवार गरिएको हुनुपर्नेछ ।

यस योजनाले नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई समेत टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७