अर्काे चुनावमा कांग्रेसलाई भोट हाल्न मेरै हात काँप्छ होला : सुजता कोइराला


१९ पुष २०७६, शनिबार
sujata koirala

रुपन्देही, १९ पुस : नेपाली कांग्रेसकी नेतृ सुजता कोइरालाले शेरबहादुर देउवाले अब पनि पार्टीलाई मिलाएर नलगे अर्को चुनाबमा कांग्रेस शून्यमा पुग्ने बताएकी छन् । उनले पार्टीमा एकता नभए अर्को चुनावमा कसैले भोट नदिने उल्लेख गरिन्।

प्रेस युनियन रुपन्देहीले शुक्रबार बुटवलमा गरेको कार्यक्रममा उनले भनिन, ‘पार्टी मिलेन भने अर्को चुनावमा कसैले भोट हाल्दैन ।  गिरिजाप्रसाद कोइरालाको छोरी सुजता कोइरालाको हात पनि काप्छ।’

नेतृ कोइरालले सभापति शेरबहादुर देउवाले आफू सभापति बन्न पार्टीलाई समाप्त पार्न लागेको आरोप लगाइन् । ‘लोभ लालचाले पद्धति मिचेर पार्टीलाई सिध्याउने काम भइरहेको छ । विधानलाई बारबार परिवर्तन गर्यो भने पार्टी कम्जोर हुन्छ की हुन्न, उनले भनिन्, ‘सानो सानो गुट बनाएर सभापति जितेर के अर्थ हुन्छ र। चुनाब जित्नुपर्यो नि । पार्टीलाई मिलाउनुस् सभापति जित्नुस् न ।’
  
नेतृ कोइरालाले सरकारका गलत क्रियाकलापका विरुद्ध उठिरहेका आवजलाई दबाउनकै लागि सूचना प्रविधि विधेयक ल्याउन लागेको दाबी गरिन् । ‘कानुन आफूलाई बचाउ गर्नका लागि हुँदैन । आफू भ्रष्टाचार गर्ने अनि मेरो बारेमा नबोल्दियोस् भनेर कानुन बनाउने ? त्यो मान्य हुँदैन ।’
 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७