नेपाल भ्रमण वर्षको लोगो वेभसाइटमा राख्न राष्ट्र बैंकको बैंकहरुलाई निर्देशन


२० पुष २०७६, आईतवार
Nepal Rastra bank

काठमाडौं, २० पुस । नेपाल राष्ट्र बैंकले आफ्नो आधिकारीक वेभसाइट तथा पेजहरुमा भ्रमण वर्षको लोगो राख्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।

राष्ट्र बैंकले एक विशेष सूचनामार्फत ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन वेभसाइट र पेजमा भ्रमण वर्षको लोगो राख्न निर्देशन दिएको हो ।

केन्द्रीय बैंकले प्रमुख पर्यटकीय गन्तव्यहरुमा संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गतका क्रियाकलाप केन्द्रित गर्न पनि बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७