पर्यटन मन्त्री भट्टराई अस्ट्रेलिया जानु सही थियो वा गलत?


२२ पुष २०७६, मंगलवार
visit nepal opening in Sydney

काठमाडौं, २२ पुस :  मंगलबार अस्ट्रेलियाको पर्यटकीय नगरी सिड्नीस्थित ओपेरा हाउसको आँगनबाट ‘नेपाल भ्रमण वर्ष–२०२०’ शुभारम्भमा अबरोधको समाचार आयो । सिड्नी जुन राज्यमा पर्छ, त्यही राज्यको सभामुख, विपक्षी दलका नेता लगायतको भव्य उपस्थीतिमा भएको भव्य कार्यक्रमलाई ‘अबरोध भएको’ गलत सूचना प्रवाह गर्ने पनि नेपालीहरु नै थिए । ‘नेपाल भ्रमण वर्ष–२०२०’ शुभारम्भ कार्यक्रमको बिरोधमा लागेका ती समूहले अबरोधको गलत सूचना र तस्बिर सकेसम्म प्रवाह गरीरहेका थिए ।

शुभारम्भ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र न्यू साउथ वेल्स राज्य संसदका सभामुख जोनाथन ओ डीले संयुक्त रुपमा ‘नेपाल भ्रमण वर्ष–२०२०’ शुभारम्भ गरेका थिए । त्यही गलत समाचार आइरहेको बेला मानवअधिकारवादी नेता गौरी प्रधानले लेखे, ‘यो बेला अष्ट्रेलियामा ‘भिजिट नेपाल’ प्रचार होईन, बरु त्यो देशको दुःखमा साथ दिन त्यहाँका नेपालीलाई आव्हान गर्नु विवेकपूर्ण हुन्छ ।’ डढेलोका कारण अस्ट्रेलिया सकंटमा रहेको बेला पर्यटनमन्त्री भट्टराई अस्ट्रेलिया पुगेको भन्दै प्रधान जस्तै धेरैले चासो र चिन्ता सामाजिक सञ्जालमा व्यक्त गरिरहेका छन् ।

त्यसो त पर्यटनमन्त्री भट्टराईले अस्ट्रेलिया उड्न अघि यो बिषयमा नसोचेका भने होइन । ‘डढेलोका कारण अस्ट्रेलिया समस्यामा रहेको बेला त्यहाँ पुगेर ‘नेपाल भ्रमण वर्ष–२०२०’ को शुभारम्भ गर्दा कस्तो सन्देश जाला ?’ उनले पटक पटक सोचेका थिए । पूर्वनिर्धारित कार्यक्रम थियो । संकट मानवीयभन्दा पनि बढी प्रकृतिसँग जोडिएको थियो । भ्रमण वर्षको निम्तो मात्रै होइन अस्ट्रेलिया समस्यामा रहेको बेला दुःख व्यक्त गर्ने र सहानुभूति प्रकट गर्ने, दुःखमा साथ दिन त्यहाँका नेपालीलाई आव्हान गर्ने अवसरको रुपमा पनि प्रयोग गर्ने उद्देश्य सहित उनी अस्ट्रेलिया उडे ।

मन्त्री भट्टराईले अस्ट्रेलियाका सांसद, उच्चपदस्थ तथा जनताहरुलाई ‘नेपाल भ्रमण वर्ष–२०२०’को निम्तो बाड्न अघि नेपाल सरकारको तर्फबाट अस्ट्रेलियाली जनताले भोग्नु परेको प्राकृतिक विपत्तिप्रति दुःख व्यक्त गर्दै सहानुभूति प्रकट गरे । अस्ट्रेलियाको पीडाप्रति नेपाल सरकारको तर्फबाट सहानुभूति मात्रै जनाएन् आफ्ना कूटनीतिक नियोग तथा नेपालीहरुलाई दुःखमा साथ दिदै सहयोग अभियानमा जुट्न अपिल गरे ।

मन्त्री भट्टराईको यो जोड र सहानुभूतिले अस्ट्रेलियाका सांसद, उच्चपदस्थ तथा जनताहरु समेत प्रभावित भए । मंगलबार भएको शुभारम्भ कार्यक्रमको सुरुमै मन्त्रीले अस्ट्रेलियामा डढेलोका कारण भएको क्षतिप्रति दुःख व्यक्त गरे । उनले नेपाल र नेपाली जनता अस्ट्रेलियाको दुःखमा साथमा रहेको बताउदै आफ्ना कूटनीतिक नियोग तथा नेपालीहरुलाई सहयोगमा जुट्न आग्रह गरे । मन्त्री भट्टराईले अस्ट्रेलियाले यो पीड़ादायक अवस्थाबाट मुक्ति पाउने आशा व्यक्त गरे ।

त्यसो त कार्यक्रम आयोजक संस्थाका सहयोगी एनआरएनएले डढेलो पिडितहरुको लागि २० हजार डलर संकलन गरेर हस्तान्तरण गरीसकेको छ । एनआरएनए अष्ट्रेलियाका अध्यक्ष केशव कंडेलका अनुसार फेरि ५ हजार डलर संकलन भएको ।

कार्यक्रममा मन्त्री सहित एनआरएनएका नेताहरुले जति भ्रमण वर्षको प्रचार गरे, त्यति नै डढेलोको समस्या बारेमा पनि बोले । सभामुख जोनाथन ओ डीले समेत मन्त्री व्यक्त गरेको सहानुभूति र नेपालीहरुले जारी राखेको सहयोग अभियानप्रति खुसी व्यक्त गरे । धन्यवाद दिए ।

के जानु नै गलत थियो ?

new year in sidny 2020
नयाँ वर्ष २०२० लाई स्वागत गर्न अस्ट्रेलियामा गरिएको आतिसबाजी । जसको लागि ६५ लाख डलर खर्च गरिएको थियो

अष्ट्रेलियाको न्यू साउथ वेल्समा लागेको डढेलोलाई लिएर गरिएको आपतकालीन घोषणा गरिएको छ । तर, खासगरी जङ्गल क्षेत्रमा लागेको आगो अझै निभेको छैन । तर यही कारण अष्ट्रेलियन सरकारले अन्य कुनै कार्यक्रमलाई स्थगनको घोषणा गरेको छैन । बरु, अष्ट्रेलियन सरकार आगोको कारण अष्ट्रेलियाको बारेमा गलत सन्देश प्रवाह नहोस् भन्ने पक्षमा छ । त्यही कारण सबै कार्यक्रम जारी रोखेको छ । अष्ट्रेलियन सरकारले नयाँ वर्ष २०२० लाई स्वागत गर्न अस्ट्रेलियाको सिड्नीमा करिब ६५ लाख अमेरिकी डलर खर्च गरेर आतिसबाजीका गरेका थिए ।

सिड्नी हार्वर ब्रिजमाथिको आकाशमा मध्यरातमा एक लाख भन्दा बढी संख्यामा पटाकाहरू पड्काइएको थियो, जसलाई हेर्न लाखौको संख्यामा संसारभरबाट मानिसहरू भेला भएका थिए । सिड्नीका मेयर क्लोभर मुरे, न्यू साउथ वेल्का प्रिमियर तथा अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आतिसबाजीलाई समर्थन गरेका थिए ।

समाचार स्रोतहरुका अनुसार अस्ट्रेलिया सरकारले जारी डढेलो संकटको कारण पर्यटनमा असर नगर्ने सन्देश प्रवाहमा जोड दिएको छ । त्यस कारण पनि मन्त्री भट्टराई कार्यक्रममा सहभागी बन्न अस्ट्रेलिया जादा नकरात्मक रुपमा नलिएको लामो समयदेखि अस्ट्रेलियामा बसिरहेका रमेश पौडेल बताउछन् ।

Sydney
नयाँ वर्ष २०२० लाई स्वागत गर्न अस्ट्रेलियामा गरिएको आतिसबाजी । जसको लागि ६५ लाख डलर खर्च गरिएको थियो

अर्को अस्ट्रेलियालीहरुको लागि नेपाल एउटा आकर्षक पर्यटकीय गन्तव्य हो । गत वर्ष झन्डै तीस हजार अस्ट्रेलियाली नेपाल भ्रमणमा गरेको र वर्ष त्यो संख्या १ लाख पुग्ने सरकारको अपेक्षा छ । त्यस कारण पनि मन्त्री भट्टराईले अस्ट्रेलियाको कार्यक्रमलाई महत्व दिएका थिए ।

यसरी भयो शुभारम्भ

visit nepal opening in Sydney Yogesh Bhattarai

अस्ट्रेलियाको पर्यटकीय नगरी सिड्नीस्थित ओपेरा हाउसको आँगनबाट ‘नेपाल भ्रमण वर्ष–२०२०’ शुभारम्भ गरिएको छ । मन्त्री भट्टराई र न्यू साउथ वेल्स राज्य संसदका सभामुख जोनाथन ओ डीले संयुक्त रुपमा ‘नेपाल भ्रमण वर्ष–२०२०’ शुभारम्भ गरेका हुन् ।

मंगलबार नेपाली राजदूतावासको आयोजना तथा एनआरएन अस्ट्रेलियाको सहयोगमा सिड्नीको सर्कुलर क्युवेमा आयोजित एक कार्यक्रममा भ्रमण वर्षको शुभारम्भ गरिएको हो । कार्यक्रमको सुरूमा अस्ट्रेलियामा डढेलाले पुर्‍याएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख प्रकट गर्दै मौनधारण गरिएको थियो ।

शुभारम्भमा मन्त्रीले अस्ट्रेलियामा डढेलोका कारण भएको क्षतिप्रति दुःख व्यक्त गरे । उनले नेपाल र नेपाली जनता अस्ट्रेलियाको दुःखमा साथमा रहेको बताउदै आफ्ना कूटनीतिक नियोग तथा नेपालीहरुलाई सहयोगमा जुट्न आग्रह गरे ।

मन्त्री भट्टराईले अस्ट्रेलियाले यो पीड़ादायक अवस्थाबाट मुक्ति पाउने आशा व्यक्त गरे । मन्त्री भट्टराईले भने, ‘अस्ट्रेलियाली जनताले भोग्नु परेको प्राकृतिक विपत्तिप्रति नेपालको गहिरो सहानुभूति छ । मलाई आशा छ, चाँडै नै अस्ट्रेलियाले यो पीड़ादायक अवस्थाबाट मुक्ति पाउनेछ ।’

मन्त्री भट्टराईले गत वर्ष झन्डै तीस हजार अस्ट्रेलियाली नेपाल भ्रमणमा गरेको र वर्ष त्यो संख्या १ लाख पुग्ने अपेक्षा गरिएको बताए । कार्यक्रममा न्यु साउथ वेल्सको प्रदेश सभाका सभामुख जोनाथन वडीले नेपाल सुन्दर मुलुक भएको र एक पटक हेर्न पर्ने बताए । ओडीले अस्ट्रेलियाले व्यहोरिरहेको संकटमा नेपालीहरुको पनि साथ र सहयोग रहेको बताए ।

कार्यक्रममा एनएसडब्लुका पूर्वप्रिमियर नाथन रिजले आफू मार्च महिनामा नेपाल जान लागेको जानकारी दिए । कार्यक्रममा नेपालीहरुले डढेलो पीडितका लागि सहयोग जुटाउने अवसरका रुपमा स्याल्भेसन आर्मीका चन्दा बाल्टिनहरु बोकेका थिए । नेपाली स्वोयाम्सेवकहरुले जिवजन्तुहरुका लागि पनि सहयोग संकलन गरे ।

संसदमा औपचारिक कार्यक्रम
कार्यक्रमपछि अष्ट्रेलिया न्यु साउथ वेल्सको संसदमा नेपाल भ्रमण वर्षको उद्घाटन कार्यक्रम भएको थियो । कार्यक्रममा मन्त्री भट्टराईले आगलागीको कारण मृत्यु भएकाको परिवारमा समवेदना व्यक्त गरेका थिए ।

मन्त्री भट्टराईले नेपाल र अस्ट्रेलियाबीचको कुटनीतिक सम्बन्ध ६८ औं वर्ष पुगेकोमा दुई देशको सम्बन्ध अझै राम्रो हुने विश्वास लिएको बताए । उनले नेपाल सरकारले भ्रमण वर्षमा २० लाख पर्यटक भित्राउने मात्रै नभई हरेक पर्यटकको सुरक्षाको लागि काम गरिरहेको बताए । पर्यटन पूर्वधारको विकासको लागि गौतमवुद्ध, पोखरा विमानस्थाल निमार्ण गरिरहेको उनले बताए । उनले नेपाल भ्रमण गर्नेलाई पर्यटन व्यवसायीले विशेष छुट दिएको जानकारी दिए ।

कार्यक्रममा अस्ट्रेलियाका लागि नेपाली राजदुत दाहालले नेपाल सुन्दर प्रकृति, संस्कृति, हिमालको लागि राम्रो भएको बताउदै अष्ट्रेलियाका नागरिकलाई नेपाल भ्रमण गर्न आह्वान गरे । एनआरएनए अष्ट्रेलियाका अध्यक्ष कंडेलले अष्ट्रेलियाको नेपाली समुदायले अग्निपीडितको लागि सहयोग गरिरहेको जानकारी दिए।

‘यसरी गरियो गलत प्रचार’
शुभारम्भ कार्यक्रमपछि मौन र्‍याली समेत निकालिएको थियो । सर्कुलर किस्थित कस्टम हाउसदेखि ओपेरा हाउससम्म निकालिएको मौन र्‍यालीमा नेपालीहरु आ–आफ्नो सास्कृतिक पहिरन र पहिचान सहित सहभागी थिए ।

र्‍यालीमा माननीय मन्त्री भट्टराईसँगै अष्ट्रेलियाका लागि नेपाली राजदूत महामहिम महेशराज दाहाल, कन्सुलरहरु दीपक खड्का र चन्द्र योन्जनसहित १०० भन्दा बढी सहभागी थिए । तर, ओपेरा हाउस पुगेपछि सुरक्षाकर्मीहरुले सहभागीहरुलाई व्यवसायिक ब्यानर सहित नजान अनुरोध गरेका थिए ।

झन्डा र ब्यानर बोकेका मानिसभित्र पस्न खोजेपछि सुरक्षाकर्मीले उनीहरूलाई रोकेर के–को झन्डा हो ? किन ल्याएको ? सामान्य सोधपुछ गरेका थिए । त्यसपछि सहभागीहरुले बढो अनुशासनपूर्वक ब्यानर हटाएर ओपेरा हाउस पुगेका थिए ।

मन्त्री सहितको टोली पनि ओपेरा हाउसभित्र पुगेर सामुहिक तस्बिर खिचाएका थिए । तर बाहिर भने यही बिषयलाई कार्यक्रममै अबरोध भनेर प्रचार र प्रपोगान्डा गरिएको थियो । स्रोतका अनुसार कार्यक्रममा सहभागी नै केहीले कार्यक्रममा अबरोध भयो भनेर स्थानीय सञ्चार माध्यमलाई समेत गलत सूचना दिएका थिए । राजदूत दाहालले सुरक्षाकर्मीले गरेको त्यही सोधपुछलाई बढाइचढाइ गरी समाचारहरू आएको भन्दै दुःख व्यक्त गरेका छन् ।

मन्त्री भट्टराईले गलत सन्देश प्रवाह भएको भन्दै दुःख व्यक्त गरोक छन् । उनले यस्ता भ्रम फैलानमा गम्भीर नियत लुकेको बताएका छन् । उनले लेखेका छन्, ‘काल्पनिक र गलत समाचार सम्प्रेषण गरेर मुलुकको प्रतिष्ठा र मित्र राष्ट्रसँगको सम्बन्धमा किन खेल्न खोजिएको हो? नियत गम्भीर छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७