८० अमेरिकी सेना मारिएको इरानी सञ्चार माध्यमको दाबी


२३ पुष २०७६, बुधबार
1510917941afghanistan final

काठमाडौं,२३ पुस। इराकस्थित अमेरिकी सेनाको हवाई अड्डामा आफ्नो देशले गरेको आक्रमणमा परेर ८० अमेरिकी सैनिक मारिएको इरानको सञ्चार माध्यमले जनाएको छ ।

अमेरिकी ड्रोन आक्रमणमा आफ्ना सैन्य कमाण्डर कासिम सुलेमानी मारिएपछि क्रुद्ध बनेको इरानले मंगलबार राति अमेरिकी सेना बसेका दुई स्थानमा मिसाइल आक्रमण गरेको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानको आक्रमणको समीक्षा गरिरहेको प्रतिक्रिया दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अहिलेसम्म सबै ठीकठाक छ, हामीसँग विश्वकै शक्तिशाली सेना छन् । म बिहान एक बयान जारी गर्नेछु ।’ घटनाको क्षतिबारे स्वतन्त्र पुष्टी हुन बाँकी छ ।

यो पनि पढ्नुर्होस्

इरानले तोक्यो ट्रम्पको टाउकोको मूल्य, ९ अर्ब रुपैयाँ पुरस्कार

कमाण्डर महदी अलको अन्त्येष्टिमा हजारौँ इराकी सहभागी

अमेरिकी सेना फिर्ता पठाउन इराकी संसदले पारित गर्‍यो प्रस्ताव

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७