अमेरिकाको रकेट आक्रमणमा इरानी कुद्स फोर्सका प्रमुख मारिए


१९ पुष २०७६, शनिबार
solemaniकामिस सोलेमानी

काठमाण्डौ, १८ पुस । बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको रकेट आक्रमणमा ईरानको कुद्स फोर्सका प्रमुख कामिस सोलेमानी मारिएका छन् ।

 

बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार विहानै भएको आक्रमणको जिम्मा अमेरिकाले लिएको छ । भने आक्रमणबाट फोर्सका प्रमुख कासिम सोलेमानी मारिएको अमेरिकी रक्षा विभागले जनाएको छ ।

राष्ट्रपति डोनल्ड ट्रम्पको निर्देशनमा सोलमानी मारिएको अमेरिकी रक्षा विभागले उल्लेख गरेको छ ।
अमेरिकी रक्षा विभागको तर्फबाट जारी गरिएको बयानमा भनिएको छ, ‘अमेरिकी राष्ट्रपतिको निर्देशनमा विदेशमा रहेका अमेरिकी सैन्यकर्मीको रक्षाको लागि कासिम सोलेमानीलाई मार्ने कदम उठाइएको हो । अमेरिकाले उनलाई आतङ्कवादी घोषित गरिसकेको थियो ।’

‘यो हवाई आक्रमण भविष्यमा ईरानी आक्रमणलाई रोक्ने उद्देश्यका साथ गरिएको हो । अमेरिका जहाँ भए पनि ऊ आफ्नो नागरिकको रक्षाको लागि आवश्यक कारबाही गर्न सधैँ तयार छ’, बयानमा भनिएको छ ।

विभागका अनुसार सोलेमानीलाई उनीहरूले आतंकवादी घोषणा गरेका थिए । विदेशस्थित अमेरिकी सेना माथिको विभिन्न हमलामा सोलेमानीको हात रहेको विभागको दाबी छ ।

हवाई आक्रमणमा परेर हिजबुल्लाका कमाण्डर अबु महदी अल मुहादिस समेत मारिएको सञ्चार माध्यमहरूले जनाएका छन् । हवाई आक्रमणमा प्रमुख सोलेमानीसँगै आठ जनाको ज्यान गएको छ ।

यद्यपि सोलेमानको निधन मध्य–पूर्वसँग जोडिएको एक ठूलो घटनाको रुपमा बताइएको छ । साथै ईरान र यसको समर्थित मध्य–पूर्व शक्तिले अब इजरायल र अमेरिकाविरुद्ध जवाफी कारबाही गर्न सक्ने बताइएको छ ।

गएको आइतबार अमेरिकाले पूर्वी सिरिया र पश्चिमी इराकमा रहेको कताइब हिजबुल्लाह सङ्गठनको इलाकालाई निशाना बनाएको थियो । जुन घटनामा कम्तीमा २५ जना लडाकु मारिएका थिए ।

यो घटनापछि सोमबार इराकी प्रधानमन्त्री आदिल अब्दुल महदीले अमेरिकी हवाई आक्रमण उसको देशको सम्प्रभुताको उल्लङ्घन भएको र अमेरिकासँगको सम्बन्धको बारेमा समीक्षा गर्ने बताएका थिए ।

यता कताइब हिजबुल्लाहका कमाण्डर अबू महदी अल–मुहान्दिसले इराकमा रहेको अमेरिकी सुरक्षा बललाई गतिलो जवाफ दिने बताएका थिए । यसपछि मङ्गलबार बगदादमा रहेको अमेरिकी दूतावासमा प्रदर्शनकारीहरुले आक्रमण गर्नुका साथै अमेरिकी राष्ट्रपतिले यो घटनामा ईरानलाई जिम्मेवार ठहराएका थिए ।

सुलेमानीलाई पश्चिम एसियामा ईरानी गतिविधि चलाउने प्रमुख रणनीतिकार मानिन्थ्यो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७