न्यु डायमन्ड र पुलिस सेमिफाइनलमा


२४ पुष २०७६, बिहीबार
new diamond vollyball 3 scaled

काठमाडौं, २४ पुस । आयोजक न्यु डायमण्ड स्पोर्ट्स क्लब र विभागीय नेपाल पुलिस क्लब तेस्रो संस्करणको होङ्ग्वान्जी न्यु डायमण्ड खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा बिहीबार भएको खेलमा न्यु डायमन्ड र पुलिसले ढोरपाटन स्पोर्ट्स क्लबलाई पराजित गर्दै एक खेल बाँकी छदै अन्तिम चारको यात्रा तय गर्न सफल भएको हो ।
अब डायमन्ड र पुलिसबीचको खेलले नै समूह ‘बी’ को विजेता टुंगो लगाउने छ । यि दुई टोलीबीचको खेल बुधबार वर्षाका कारण रद्ध भएको थियो ।
पुलिसले ढोरपाटनमाथि २५–१२, २७–२५ र २५–१० को जित निकाल्यो । यस्तै डायमण्डले पनि २५–५,२५–१२ र २५–११ को सहज जित निकाल्यो ।

बिहीबारै त्रिभुवन आर्मी क्लबले पोखराको टप्स माविलाई २५–१३, २५–१६ र २५–७ को सोझो सेटमा हरायो । समूह ‘ए’ मा आर्मीको यो दोस्रो जित हो । यसअघि आर्मीले पारामाउन्टलाई पराजित गरेको थियो । आर्मीसँग पराजित टप्सले पारामाउन्टमाथि ३–१ को जित निकाल्यो । बिहीबारको लागि तय भएको आर्मी र एपीएफबीचको खेल वर्षाका कारण रद्ध भएको छ । पहिलो सेट एपीएफले २५–१८ ले आफ्नो पक्षमा पारेको थियो । त्यसपछि दोस्रो सेट वर्षाका कारण शुरु नै हुन सकेन ।

प्रतियोगितामा शुक्रबार तीन खेल हुनेछ । पहिलो खेलमा न्यु डायमन्ड र नेपाल पुलिस क्लब, दोस्रो खेलमा एपीएफ र पारामाउन्ट तथा तेस्रो खेलमा आर्मी र एपीएफबीच खेल हुनेछ ।

होङ्ग्वान्जी बौद्ध समाज नेपालको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेताले ४ लाख १ हजार १ रुपैयाँ , दोस्रो हुने टोलीले ३ लाख १ हजार १ सय रुपैयाँ प्राप्त गर्नेछ । तेस्रो हुनेले टोलीले १ लाख ५१ हजार १ सय १ रुपैया तथा चौथो हुनेले ५१ हजार १ सय १ रुपैयाँ प्राप्न गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २१ हजार १ सय १ रुपैया प्राप्त गर्नेछन् । व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, क्विकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकले जनही ७ हजार १ सय १ रुपैयाँ पाउनेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७