छात्रछात्राले प्रदर्शन गरे, स्याटेलाइट, दूरबिन र रोबर्ट


२७ पुष २०७६, आईतवार
70 Shares
rectangle 400

सिन्धुली, २७ पुस । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) का उपकुलपति सुनिलबाबु श्रेष्ठले विद्यालय तहका पाठ्यक्रममा विज्ञान तथा प्रविधि विषयसम्बन्धी विषयवस्तु समेटिनुपर्ने आवश्यकतामा जोड दिएका छन् ।

यहाँस्थित न्यू इङ्लिस बोर्डिङ स्कूलमा सञ्चालित तीन दिने विज्ञान प्रविधि तथा अन्तरिक्ष कार्यशाला समापन समारोहमा उनले दूरदराजका विद्यालयमा विज्ञान तथा प्रविधिको व्यवहारिक अभ्यासका लागि आवश्यक उपकरणको व्यवस्था गर्न सरकारलाई सुझाव दिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले शिक्षा क्षेत्रको विकासमा नगरपालिकालाई नमूना शहरको रुपमा विकास गर्न विज्ञान र प्रविधिमा प्रोत्साहन गर्ने कार्यलाई प्राथमिकतामा राखिएको जानकारी दिए ।

कमला उच्च मावि, जनज्योति मावि, श्री मावि, गौमती मावि, जनता आवासीय मावि र न्यू इङ्लिस बोर्डिङ स्कूलका ४० छात्रछात्राले व्यवहारिक अभ्याससहितको अन्तरिक्ष कार्यशालामा आ–आफ्ना आविष्कार प्रदर्शन गरेका थिए ।

jagdamba.cement
rbbbb

आयोजक विद्यालय न्यू इङ्लिस बोर्डिङ स्कूलका प्राचार्य प्रशान्त ढकालका अनुसार कार्यशालामा सहभागीले स्याटेलाइट, दूरविन र रोबर्ट प्रदर्शन गर्नुका साथै नेपाली स्याटेलाइट निर्माणकर्ता आभाष मास्केसँग टेलिकाष्टका माध्यमबाट नवीनतम् विज्ञान तथा प्रविधिका विषयमा अन्तरक्रिया समेत गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७