पाकिस्तानले भन्यो, ‘भारतसँग भिड्न तयार छौं’

इस्लामावादुँ, २७ पुस । पाकिस्तानले भारतको आक्रमणको प्रतिकार गर्न पाकिस्तान तयार रहेको बताएको छ ।
भारतका सेना प्रमुख मुकुन्द नरवानेले शनिबार सरकारको आदेश आएको खण्डमा आफूहरु पाकिस्तान प्रशासित कस्मिरमा आक्रमण गर्न तयार भएको बताएपछि पाकिस्तानले यसको प्रतिवाद गरेको हो ।
सेना प्रमुख मुकुन्द नरवानेले शनिबार भनेका थिए, ‘संसदीय संकल्पअनुसार पूरा जम्मु कस्मिर भारतको हिस्सा हो । यदि भारत त्यो भूमि चाहन्छ भने हामी आदेश पर्खिरहेका छौं । हामी त्यहाँ कारवाही गरेर भूमि फिर्ता ल्याउन तयार छौं ।’
नरवानेले आदेश आएमा पाकिस्तानको कस्मिरमा आक्रमण गर्ने भनेपछि पाकिस्तानले त्यसको जवाफ फर्काएको छ । पाकिस्तानी सेनाले आफूहरु भारतसँग भिड्न तयार भएको बताएको छ । पाकिस्तानी सेनाका प्रवक्ताले भारतको कुनै पनि आक्रमणको जवाफ दिन पाकिस्तानी सेना तयार भएको बताएका छन् ।
पाकिस्तानी सेनाका प्रवक्ताले ट्वीटमा भनेका छन्, ‘भारतीय सेनाका प्रमुखले दिएको प्रतिक्रिया मात्र बयानबाजी हो । देशमा चलेको आन्तरिक उथल–पुथलबाट मानिसको ध्यान हटाउन मात्र उनले त्यस्तो प्रतिक्रिया जनाएका हुन् ।’ हिन्दी बीबीसी