‘हिटर’ बालेर सुतेका पालेको जलेर मृत्यु


२७ पुष २०७६, आईतवार
Death

काठमाडौं, २७ पुस । काठमाडौंको धुम्वराहीमा  आगो ताप्ने हिटर बालेर सुतेका एक विद्यालयका पालेको जलेर मृत्यु भएको छ ।

धुम्वराहीस्थित मनिङ्ग ग्लोरी मन्टेश्वरी स्कुलका पाले ७४ वर्षीय श्याम क्षेत्रीको शनिबार राति जलेर मृत्यु भएको महाराजगञ्ज प्रहरी वृत्तले जनाएको छ । ललितपुरको इमाडोल वस्दै आएका श्याम क्षेत्री राति विहान अरु बेला उठ्ने समयमा नउठेको पाइएपछि हेर्दा सुतेकै ठाउँमा जलेको अवस्थामा मृत्त फेला परेका थिए ।

विद्यालय प्रशासनले खबर गरेपछि महाराजगञ्ज प्रहरी वृत्तको टोली घटनास्थल आइ मुचुल्का उठाएको थियो । शवसँग जलेको अवस्थामा हिटर भेटिएकाले विद्युत सर्ट भई आगो लागेको हुन सक्ने डिएसपी उमेश लम्सालले बताए । प्रहरीले शिक्षण अस्पताल महाराजगञ्जको चिकित्सको टोली घटनास्थल नै बोलाएर शवको परीक्षण गराएको छ ।

क्षेत्री सुतेको खाट, ओढेको सिरक र झुल सबै जलेको र शव विभत्स रुपमा फेला परेको छ । अहिले मृत्तकको आफन्त सम्पर्कमा आइसकेको हुनाले उनीहरुकै राय सुझावका आधारमा शवको पोष्टमार्टम र शव परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७