सिद्धार्थ बैंकको नयाँ शाखा गोरखा बजार र कटारीमा

काठमाडौं, २८ पुस । सिद्धार्थ बैंकले २०७६ पौष २८ गते सोमबार गोरखाको गोरखा बजारमा र उदयपुरको कटारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकले सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको हो ।