दलबाट उम्मेद्वार यकिन नभई राजीनामा दिन्न : उपसभामुख


२८ पुष २०७६, सोमबार
49 Shares
dr shivamaya tumbahamphe1 scaled

काठमाडौं, २८ पुस । उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सभामुखका लागि उम्मेद्वार यकिन गरी निर्वाचनका लागि अनुरोध नगरेसम्म उपसभामुख पदबाट आफूले राजीनामा नदिने स्पष्ट गरेकी छन् ।

सङ्घीय संसद् भवनस्थित आफ्नै कार्यकक्षमा कुराकानी गर्दै उनले भनिन्, ‘सभामुख रिक्त नहुने संविधानको परिकल्पनालाई हामीले ग्रहण गर्नुपर्छ, जबसम्म दलले उम्मेद्वार टुङ्ग्याएर मेरो उम्मेद्वार यो हो भनेर अगाडि सार्दैन, त्यतिबेलासम्म उपसभामुखले राजीनामा गरेर प्रतिनिधिसभालाई नेतृत्वविहीन बनाएर छाड्ने पक्षमा म छैन ।’

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

उपसभामुख तुम्वाहाङफेले नेकपाको सचिवालयले उपसभामुखबाट राजीनामा दिन आग्रह गरी पठाएको पत्रसमेत बुझ्न अस्वीकार गरेकी छन् । नेकपाले आइतबार सङ्घीय संसद् सचिवालयमा उक्त अनुरोध पत्र पठाएको थियो ।

अहिलेको गतिरोध अन्त्य गर्ने वा प्रतिनिधिसभाको बैठक सञ्चालन गर्ने भन्ने निर्णय अहिले प्रतिनिधिसभामा बहुमत प्राप्त दल नेकपाको हातमा रहेको उल्लेख गर्दै उनले भनिन्, ‘विभिन्न परिस्थितिका कारण व्यवस्थापिका जस्तो महत्वपूर्ण स्वतन्त्र संस्थाको नेतृत्व प्रदान गरिरहेको व्यक्तिलाई कुनै दल विशेषले नेतृत्वबाट बाहिर जाउ भनेर निर्देशन जारी गर्न संविधान त मिल्दैन ।’

jagdamba.cement
rbbbb

प्रतिनिधिसभामा रहेर मैले काम गरिरहेको अवस्थामा म स्वतन्त्र व्यक्ति हो, जतिबेला दलले उम्मेद्वार बनायो र म निर्वाचित भए, त्यसलगत्तै मैले दलको साधारण सदस्य नरहने गरी दल त्याग गरेको स्मरण गर्दै उनले भनिन्, ‘मैले स्वतन्त्र ढङ्गबाट प्रतिनिधिसभालाई नेतृत्व प्रदान गर्नुपर्छ, त्यो गरिरहेको छु ।

कसैको प्रभावमा पर्दिन र डर नमानी काम गर्छु भनेर शपथ लिएको थिए ।’ अझै पनि केही समय राजीनामा गर्ने पक्षमा आफू नरहेको बताउँदै उनले भनिन्, ‘दलले उम्मेद्वार अझै अघि बढाएका छैनन्, दलले उम्मेद्वार अघि बढाइसकेपछि प्रतिनिधिसभाको बैठकमा सभामुखको निर्वाचन प्रक्रियालाई अघि बढाउने सन्दर्भमा राजीनामा दिन्छु, निर्वाचनअघि बढछ, संविधानले दिएको डयुटी मैले पूरा गर्नुपर्छ ।’

उनले संविधान नै नेपालमा सबैभन्दा ठूलो भएकाले यसले निर्देशन गरेर राष्ट्र र सरकार चल्छ भने सबै त्यसैका आधारमा चल्नुपर्ने बताइन् ।

उपसभामुख तुम्वाहाङफेले भनिन्, ‘कुनै दल विशेषले राजीनामा देऊ भने पनि मैले यो संस्थालाई खाली गर्न मिल्दैन, संविधानले प्रतिनिधिसभालाई रिक्त हुने भनेर कल्पना गरेको छैन, नेकपाले राजीनामा दिन निर्देशन जारी गर्‍यो भन्ने विषय मैले सञ्चारमाध्यमबाट थाहा पाएको हुँ ।’

प्रतिनिधिसभाको बैठकका लागि प्रशस्त विजनेश भए पनि प्रतिनिधिसभाको पहिलो कार्यभार सभामुख निर्वाचन गर्नुपर्ने भएकाले विगतका बैठक स्थगन गर्नुपरेको उल्लेख गर्दै उनले दलले आफ्नो उम्मेद्वारको तय अहिलेसम्म गरेका छैनन् । माघको ६ गतेका लागि अर्काै बैठक तोकिएको छ, सम्भवत त्यो दिनदेखि सदन नियमित अघि बढ्छ कि भन्ने सम्भावना रहेको बताइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७