मिटरब्याजी रायको घरमा छापा


२९ पुष २०७६, मंगलवार
315 Shares
rajapa

सर्लाही, २९ पुस । प्रहरी हिरासतमा रहेका मिटरब्याजका आरोपी रामबाबु रायको घरमा सुरक्षा टोलीले छापा मारेको छ । बरहथवा नगरपालिका–१० सीतापुरस्थित यादवको घरमा जिल्ला प्रहरी कार्यालय सर्लाही तथा इलाका प्रहरी कार्यालय बरहथवाको टोलीले सोमबार छापा मारेको हो ।

राय राजपाका नेता समेत हुन् । अनुसन्धानका क्रममा आवश्यक कागजात सङ्कलन गर्न अभियुक्त यादवको घरमा खानतलासी भइरहेको प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए । ‘अनुसन्धान जारी रहेकाले यादवविरुद्धको आरोपसँग सम्बन्धित कागजात फेलापर्छ कि भनेर घर खानतलासी गरेका हौं’, उनले भने, ‘केही कागजात फेला पारेका छाैं, यससम्बन्धी अनुसन्धान हुन्छ ।’

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

ऋण प्रवाह गर्दा चर्को ब्याज असुलेको, ऋण दिँदा पाँच गुणा बढीको कागज बनाउने गरेको, ऋण तिरिसक्दा पनि तमसुक फिर्ता नगरेको, ऋण लिँदा दृष्टीबन्धक राखेको जग्गा आफूखुशी बिक्री गरेको भन्दै सर्लाहीबाट पीडितको एक समूह गत मङ्गलबार काठमाडौँ पुगेर राजनीतिक दलका नेतासहित गृहमन्त्री रामबहादुर थापा एवं नेपाल प्रहरीका वरिष्ठ सुरक्षा अधिकारीसँग गुनासो गरेपछि प्रहरीले गत बुधबार हरिपुरबाट यादवलाई नियन्त्रणमा लिएको हो ।

प्रहरी उपरीक्षक पोखरेलका अनुसार यादवलाई तत्काल सुरक्षाकर्मीमाथि दुर्व्यवहार मुद्दामा जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ । यादवविरुद्ध गृह मन्त्रालयमा ठगीको उजूरी परिसकेको र जिल्ला प्रहरी कार्यालयमा समेत पीडितले उजूरी दिएका प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए ।

jagdamba.cement
rbbbb

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७