कलेज बसले ठक्कर दिंदा दुई युवकको गयो ज्यान, जलाइयो बस


२९ पुष २०७६, मंगलवार
model

जनकपुरधाम, २९ पुस । जनकपुरधामस्थित मोडेल मल्टिपल कलेजको बसले मोटर साइकललाई ठक्कर दिंदा धनुषामा दुई युवाको ज्यान गएको छ ।

मंगलबार बेलुका जनकपुर–ढल्केबर सडकखण्डको लक्ष्मीनिया र सपहीको बीचमा ढल्केबरबाट जनकपुरतर्फ गईरहेको ज १ क २८२ नम्बरको कलेज बसले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिंदा दुई युवाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–९, पर्सापकियाका २५ वर्षीय सन्तोष ठाकुर र सोही स्थानका २५ वर्षीय अनवर राई रहेका छन् । उनीहरु दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिएको कलेजको बसमा स्थानीय युवाहरुले आगो लगाएर जलाई दिएका छन् । घटनापछि स्थानीयले सो क्षेत्रमा सडक अवरुद्ध पारी विरोधमा उत्रिएका छन् । बसका चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७