गर्लफ्रेण्डले दिएको गिफ्ट ४७ वर्षसम्म खोलिएन, यस्तो छ कारण


२१ पुष २०७४, शुक्रबार
prize

काठमाडौं (एजेन्सी) : क्यानडाको टोरन्टोमा बस्ने एडिअन पिअर्स नामका व्यक्तिलल भूपू गर्लफ्रेण्डले दिएको गिफ्टको प्याकेट ४७ वर्षसम्म पनि खोलेका छैनन् ।prize
के तपाइँलाई विश्वास लाग्छ कि कुनै मानिसले आफ्नो भूपूप्रेमिकाले दिएको गिफ्टलाई ४७ वर्षसम्म सम्हालेर राख्नसक्छ । सम्हालेर राख्नेमात्र कहाँ हो र ? उनले एक्स गर्लफ्रेण्डले दिएको गिफ्ट खोलेर हेरेका पनि छैनन् ।
उनले १७ वर्षको छँदा उनकी गर्लफ्रेण्ड विक्कीले ब्रेकअप गरेकी थिइन् । ब्रेकअपको बेला उनले एड्रिअनलाई एक उपहार दिएकी थिइन् । उक्त गिफ्टलाई एड्रिअनले अहिलेसम्म खोलेका छैनन् । विछोडका बेला दिएको उपहारलाई भारी मन बनाएर घरमा ल्याएको एड्रिअनले अहिलेसम्म उक्त गिफ्ट खोल्ने हिम्मत गरेका छैनन् ।
एड्रिअनले उक्त गिफ्टलाई घरमा रहेको क्रिसमस ट्रीको तल राखेका छन् र आफ्ना परिवारका सदस्यलाई पनि उक्त गिफ्ट नखोल्न जानकारी गराएका छन् । उनको आदेशको सिरोपर गर्दै अहिलेसम्म परिवारको कसैले पनि उक्त गिफ्टमा हात लगाएको छैन ।
ब्रेकअप पछि उनले एक्स गर्लफ्रेण्डलाई कहिल्यै पनि भेटेका छैनन् । एकदिन उनीसँग भेट हुने र सँगै उक्त गिफ्ट खोल्ने उनको योजना छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७