शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणात्मक सुधार जरुरी : प्रभु साह


६ माघ २०७६, सोमबार
Prabhu Sah CPN

रौतहट, ९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश–२ का अध्यक्ष तथा सांसद प्रभु साहले शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणात्मक सुधारका लागि नयाँ तवरबाट छलफल गरी निचोडमा पुग्न जरुरी रहेको बताएका छन् ।

आज संघीय संसदको राज्यका निर्देशक सिद्दान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिले रौतहटको विभिन्न स्थानमा गरेको स्वास्थ्य तथा शिक्षण संस्थाको अनुगमन तथा मूल्यांकनको क्रममा भएको अन्तरक्रियामा बोल्दै समितिका सदस्य समेत रहेका सांसद साहले संविधानले प्रत्याभूत गरेको मौलिक हक र जनताको आधारभूत आवश्यक शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार बिना समृद्ध समाजको परिकल्पना गर्न नसकिने बताए ।

उनले भने, ‘समितिले पहाडका विकट जिल्लाहरुका साथै रौतहटको अनुगमन गर्ने निर्णय ग¥यो । अरु ठाउँको खासै चर्चा गर्न जरुरी छैन किनकी ती ठाउँ प्राकृतिक ढङ्गबाट पछाडि पर्यो तर रौतहट सुगम ठाउँ हो । हिजोको दिनमा लडाइको नेतृत्व गरेको, शिक्षा र स्वास्थ्यमा अगाडि रहेको रौतहट अहिले किन पछाडि पर्‍यो ? शिक्षा क्षेत्र र स्वास्थ्य क्षेत्रको समस्या उस्तै छन । विद्यालयमा शिक्षक र अस्पतालमा डाक्टरको अभाव समस्या हो ।’

rautahat

उनले अगाडि थपे, ‘स्वास्थ्य क्षेत्रको कुरा गर्दा गुनासो सुनियो कि अस्पतालमा डाक्टर आउन मान्दैनन । डाक्टर पढेका जति बाहिर छन नेपालमा रहेका जति सुगम ठाउँमा छन् । यो एकथरी मानसिकता हो जुन हाम्रो समाजले विकास गरेको हो । डाक्टर पढाउनुको उद्देश्य पैसा कमाउन भनेर सिकाउँछौ अनि कसरी देशमा बस्छन् त ?’

उनले थपे, ‘पैसा खोज्न विदेश नै जानछन । यो मानसिकता हाम्रो चुनौती हो र यो मानसिकता तोड्न जरुरी छ । अर्को कुरा स्थायी नोकरी पछि कारवाहीको डर हुँदैन, त्यसैले इमानदारीपूर्वक काम गर्दैनन् गरेपनि थोरैले गर्छन् । यस्ता मानसिकता त्यागेर स्वास्थ्य र शिक्षा क्षेत्रको गुणात्मक सुधारको लागि नयाँ तवरबाट छलफल चलाउनु जरुरी छ ।’

समितिकी सभापति निरादेवी जैरुले हरेक समस्या राज्यसम्म पु¥याउन समितिले पहल गर्ने बताइन् । स्वास्थ्य र शिक्षा क्षेत्र दुरुस्त नबनाई जनतालाई सुखी बनाउन नसकिने बताउँदै उनले राज्यसहित सबै निकाय गम्भीर हुनुपर्ने जिकिर गरिन् ।

राधेश्याम अधिकारी तथा लक्ष्मी परियारसहितको समितिले कटहरिया नगरपालिकाको भसेढवा मावी, मौलापुर नगरपालिकाको सोनरनिया मावी, कटहरिया जनस्वास्थ्य कार्यालय तथा जिल्ला अस्पताल गौरको स्थलगत अनुगमन तथा अनुगमन गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७