उपसभामुख तुम्बाहाम्फेले दिइन् पदबाट राजीनामा


६ माघ २०७६, सोमबार
shivamaya

काठमाडौं, ६ माघ । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आज (सोमबार) पदबाट राजीनामा दिएकी छन् ।

सोमबार बसेको संसद बैठकलाई सम्बोधन गर्दै उपसभामुख तुम्बाहाम्फेले पदबाट राजीनामा दिएकी हुन् । उनले सोमबार बसेको संसद बैठकमा सभामुख चयन प्रक्रिया सहज बनाउनका लागि आफूले राजीनामा दिएर मार्गप्रशस्त गरेको घोषणा गरेकी छन् ।

छोटो समय सम्बोधन गरेकी उपसभामुख तुम्बाहाङफेले प्रतिनिधि सभाको सभामुख पद अप्रत्यासित र अस्वभाविक कारणले रिक्त रहेको र सभामुख नहुँदा जटिलता थपिएको बारेमा जानकार रहेको भन्दै संसदको ठूलो दलले सभामुखमा दावा गरेकाले आफूले सहजीकरण गरेको बताएकी छन्् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७