रक्सीको नशामा सवारी चलाउँदा सातको मृत्यु, ३२ बढी घाइते


८ माघ २०७६, बुधबार
accident

धादिङ, ८ माघ । धादिङको नीलकण्ठ नगरपालिका ८ ससाह ज्यामिरेमा मंगलबार साँझ भएको सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् ।

ज्वालामुखी गाउँपालिका ४ ढोला मण्डलीको दर्शन गरेर फर्किदैं गरेको ग १ ख ८०१२ नम्बरको आइचर ट्रक सडकमा पल्टेर दुर्घटना भएको हो ।

दुर्घटनापछि तीनको घटनास्थलमै र चार जनाको जिल्ला अस्पतालमा ल्याउँदैं गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।

सबै मानिस हल्ला गरेर कराइरहेको बेला अत्यधिक गतिमा कुदिरहेको उक्त गाडी पिच सडकमा पल्टेको सोही गाडीमा सवार कमल गुरुङले बताए । मण्डलीमा पाठी काटेर भोग दिने चलनअनुसार भोग चढाएपछि गाउँबासी मिलेर पाठीको मासु र रक्सी खाएका थिए । रक्सीको सुरमा गाडी चलाएर दुर्घटना भएको घाइतेहरुले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७