अन्नपूर्ण र लुम्बिनी चिनी मिल सञ्चालकको बैंक खाता रोक्का गर्न पत्राचार


८ माघ २०७६, बुधबार
ukhu kisan scaled

काठमाडौं, ८ माघ । सहमति अनुसार उखु किसानको रकम भुक्तानी नदिएपछि उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले अन्नपूर्ण र लुम्बिनी चिनी मिल सञ्चालकको बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार गरेको छ ।

उखु किसानको रकम भुक्तानी नगरेसम्म सबै आर्थिक कारोबार रोक्न गर्न पत्राचार गरिएको मन्त्रालयले जानकारी दिएको छ । उनीहरुमाथि अनुसन्धान गर्न आन्तरिक राजश्व विभागलाई भनिएको छ ।

सर्लाहीको अन्नपूर्ण चिनी मिलका सञ्चालक राकेशकुमार अग्रवालले मन्त्रालयसामु उखु किसानको बक्यौता दिने बाचा गरेको थिए । तर माघ ७ को भाका कटेपछि पनि प्रतिवद्धता पूरा नभएपछि मन्त्रालयले अग्रवालको खाता रोक्का गर्न पत्राचार गरेको हो । मन्त्रालयले अन्नपूर्ण चिनी मिललाई नेपाल विद्युत प्राधिकरणबाट पाउनु पर्ने रकम पनि रोक्का गर्न भनेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७