हुम्लाको उनापानीमा तीन सातादेखि ज्वरोको प्रकोप : घरैपिच्छे बिरामी, तर छैन औषधि


९ माघ २०७६, बिहीबार
humla

हुम्ला, ९ माघ । हिमपातले ल्याएको चिसोसँगै हुम्लाको सर्केगार्ड गाउँपालिका–३ उनापानी गाउँमा १५ पुसदेखि फैलिएको मौसमी रुघाखोकी र ज्वरो अझै रोकिएको छैन । ६० घरपरिवार रहेको गाउँका प्रत्येक घरमा बिरामी छन् ।

उनापानी स्वास्थ्य इकाइमा औषधि नहुँदा फ्लु नियन्त्रण बाहिर गएको अनमि नन्दा फडेराले बताइन् । कतिपयमा दमको समस्या समेत देखिएको छ ।

‘गाउँपालिका स्वास्थ्य शाखाबाट दिएको औषधि सकियो, तर गाउँमा बिरामी बढेका बढ्यै छन्,’ उनले भनिन्, ‘दैनिक ३०–४० बिरामी हामीकहाँ आउँछन्, तर त्यसै फर्काउनु परेको छ ।’ स्थानीय शिला कार्कीका अनुसार गाउँमा वृद्धवृद्धा र बालबालिका बढी प्रभावित छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७