कलेजको बस दुर्घटना हुँदा एकको मृत्यु, ११ विद्यार्थी घाइते


९ माघ २०७६, बिहीबार
school bus 1

मोरङ, ९ माघ । मोरङको रङ्गेलीमा कलेज बस पल्टिँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा ११ विद्यार्थी घाइते भएका छन् ।

बिहीबार बिहान साढे ६ बजेतिर लर्डबुद्ध कलेजका विद्यार्थी बोकेको मे १ ख १४९० नम्बर बस दुर्घटनामा परेको हो । दुर्घटनामा परी सहचालक समेत रहेका बसधनी विराटनगर–१५ का ३२ वर्षीय सानु साहको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घनपालथान गाउँपालिका–४ रामचोकमा अनियन्त्रित भएर बस पल्टिँदा ११ जना विद्यार्थी घाइते छन् । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि फरार रहेका बसका चालक विराटनगर १० का खिलबहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको छ । बाक्लो हुस्सु लागेकाले विपरीत दिशाबाट आउँदै गरेको सवारी टाढैबाट देख्न नसक्दा बस अनियन्त्रित भई पल्टेको खड्काले बयानमा बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७