प्रदेश २ मा नेकपाको तुलसा दाहाल र राधेश्याम पासवान विजयी


९ माघ २०७६, बिहीबार
sita dahal and radheshyam

जनकपुर, ९ माघ । प्रदेश दुईको राष्ट्रियसभा निर्वाचनमा नेकपाबाट दुई जना विजयी भएका छन् । प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा बिहीबार सम्पन्न निर्वाचनमा महिलातर्फ नेकपाकी तुलसा दाहाल र दलिततर्फ राधेश्याम पासवान विजयी भएका हुन् ।

दाहालले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नागिना यादवलाई पराजित गरेकी हुन् । बिहीबार भएको मतदानमा दाहालले प्रदेशतर्फ ५६ मत ल्याइन् । भने स्थानीय तहतर्फ १४० मत ल्याइन् । दाहालको कुल मतभार ५ हजार २ सय ८ प्राप्त गरेकी हुन् ।

नेपाली कांग्रस उमेदवार नागिना यादवले स्थानीयतर्फ १३० ल्याएकी छन भने प्रदेशतर्फ ५० मत छ । यादवले कुल मतभार ४ हजार ७ सय ४० प्राप्त गरेका हुन ।

यसैगरी दलित क्लस्टरतर्फ नेकपाका राधेश्याम पासवान विजयी भएका छन् । पासवानले ५ हजार २ सय ९२ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्दी संघीय समाजवादी पार्टीका रामप्रीत पासवानले ४ हजार ७ सय ४ मत प्राप्त गरेका थिए ।

प्रदेश २ बाट राजपाको मृगेन्द्र सिंह यादव र शेखरकुमार सिंह राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् । प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा बिहीबार सम्पन्न निर्वाचनमा अन्य समूह यादव र अल्पसंख्यक समूहबाट सिंह राष्ट्रियसभामा निर्वाचित भए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)को संयुक्त उमेदवारी दिएका थिए ।

यो पनि पढ्नुहोस्
प्रदेश २ मा राजपाको मृगेन्द्र सिंह यादव र शेखरकुमार सिंह निर्वाचित

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७