यी हुन् राष्ट्रियसभामा निर्वाचित १८ सदस्य (सूचीसहित)


९ माघ २०७६, बिहीबार
rastriya sabha sadsaya scaled

काठमाडौं, ९ माघ । बिहीबार सम्पन्न राष्ट्रियसभा निर्वाचनमा १६ जना नेकपा र २ दुई जना राजपाको विजयी भएका छन् ।

प्रदेश–२ बाहेक सबै प्रदेशमा सबै नेकपाका उम्मेद्वार विजयी भएका छन् । प्रदेश न. २ मा नेकपा र राजपाकाे संयुक्त उम्मेद्वारा विजयी भएका छन् । 

 प्रदेश १ मा नेकपाका उम्मेद्वारहरु गोपी अच्छामी, इन्दिरा गौतम र देवेन्द्र दाहाल निर्वाचित भए । यसैगरी  बागमती प्रदेशबाट नेकपाकै गंगा बेलवासे र वेदुराम भुसाल, गण्डकी प्रदेशबाट नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने, प्रदेश ५ बाट विमला घिमिरे, जगप्रसाद शर्मा र गोपाल भट्टराई विजयी भए ।

यस्तै कर्णालाी प्रदेशबाट नेकपाकै माया प्रसाद शर्मा र सुमित्रा बिसी, सुदूरपश्चिम प्रदेशबाट तारामान स्वाँर र शारदा भट्ट विजयी भए । भने प्रदेश २बाट नेकपाको राधेश्याम पासवान र तुलसा दाहाल विजयी भए भने मृगेन्द्र यादव र शेखरकुमार सिंह राजपाबाट विजयी भए ।

विहिबार पहिलो पल्टका लागि दुई वर्षे कार्यकालका लागि चयनको भएका सदस्यको म्याद आउँदो फागुन सकिन्ने भएपछि निर्वाचन गरिएको हो । राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि आउँदो फागुन २० मा सकिँदैछ ।

पदावधि सकिनु ३५ दिनअघि नै निर्वाचन गराइसक्नुपर्ने संवैधानिक व्यवस्था अनुसार मतदान भएको हो । ५९ सदस्यीय राष्ट्रिय सभाबाट दुई वर्षमा एक तिहाई सदस्य बिदा हुँदै नयाँ थपिने व्यवस्था छ ।

बिहान १० बजेबाट सुरु भएको मतदान कार्य अपरान्न ४ बजे सकिएको थियाे । निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएको र ९८ प्रतिशत बढी मत खसेको निर्वाचन आयोगले जनाएको हो ।

निर्वाचनमा ५५० प्रदेशसभा सदस्य तथा स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष, प्रमुख र उपप्रमुख एक हजार ५०६ गरी कूल दुई हजार ५६ मतदाता रहेका थिए । निर्वाचनमा ६ राजनीतिक दलका ४५ उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रदेशसभा सदस्यको मतभार ४८ तथा स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ कायम भएको छ।

राष्ट्रि सभा सदस्यमा विजयी सूची मतसहित

प्रदेश १ मा सबै नेकपाका उम्मेद्वार निर्वाचित

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ मा सबै नेकपाका उम्मेद्वार निर्वाचित भएका हुन् । निर्वाचनमा नेकपाका उम्मेद्वारहरु गोपी अच्छामी, इन्दिरा गौतम र देवेन्द्र दाहाल निर्वाचित भए ।

prabhu bank add

अच्छामीले ६ हजार ३ सय ३० मतभार पाएका छन् । उनका प्रतिद्वन्द्वी नेपानी कांग्रेसका निरबहादुर विकले २७ सय १८ मत पाएका छन् भने समाजवादी पार्टीका ज्ञानबहादुर परियारले ६ सय ६४ मतभार पाएका छन् । अच्छामी दलिततर्फका सदस्यमा, गौतम महिला र दाहाल अन्यतर्फको सदस्यमा निर्वाचित भएका हुन् ।

महिलातर्फ विजयी गौतमले ६ हजार ४ सय २२ मतभार पाएकी छिन् भने अन्यतर्फ विजयी दाहालले ६ हजार २ सय ३४ मतभार पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका देवेन्द्र घिमिरेले २ हजार ७ सय ६६ र समाजवादी पार्टीका भरतबहादुर दाहालले २ सय ६४ मतभार पाएका छन् ।

प्रदेश नम्बर–२ मा नेकपा राजपा गठबन्धन विजयी
प्रदेश–२ को राष्टियसभा निर्वाचनमा नेकपा–राजपा गठबन्धनबाट अल्पसंख्यक कोटामा उम्मेदवारी दिएका शेखरसिंह विजयी भएका छन् ।

उनले नेपाली काँग्रेस र समाजवादी पार्टीको गठबन्धनबाट उम्मेदवारी दिएका भोला पजियारलाई पराजित गरेका हुन् । सिंहले ५ हजार ५ सय २ मतभार ल्याएका छन् भने पजियारले ४ हजार ५ सय १२ मतभार ल्याए ।

अल्पसंख्यक कोटाको परिणाम आएसँगै राष्टियसभाको प्रदेश दुईको निर्वाचनमा चारवटै सीटमा नेकपा राजपा गठबन्धनले विजयी हासिल गरेको छ । नेकपा राजपा गठबन्धनबाट महिलातर्फ तुलसा दहाल, खल्लातर्फ मृगेन्द्र सिंह र दलिततर्फ राधेश्याम पासवान विजयी भइसकेका छन् ।

mirgendra singh and shekhar singh

बागमती प्रदेशमा वेदुराम भुसाल र गंगा बेलवासे निर्वाचित
राष्ट्रिय सभा निर्वाचन अन्तर्गत वागमती प्रदेशमा नेकपाका उम्मेदवार बेदुराम भुसाल र गंगा बेलवासे निर्वाचित भए । अन्य समुहबाट भुसाल ६ हजार ८ सय १० मतभार प्राप्त गर्दै विजयी भए । उनका प्रतिस्पर्धी कांग्रेसका हरिशरण श्रेष्ठ थिए।

महिलातर्फ नेकपाकै गंगा बेलवासे विजयी भएकी छिन् । बेलवासेले ६ हजार ८ सय २८ मत प्राप्त गरिन्। वेलवासेसँग कांग्रेसकी छलिकुमारी उपाध्यायले प्रतिस्पर्धा गरेकी थिइन्।

गण्डकी प्रदेशमा नारायण काजी श्रेष्ठ र भगवती न्यौपाने विजयी
गण्डकी प्रदेशबाट नेकपाका सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा सदस्यमा भारी मतले निर्वाचित भएका छन् ।


बिहीबार भएको मतदानमा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सूर्यप्रसाद रेग्मीलाई १ हजार २ सय १८ मतभारले पराजित गर्दे विजयी भएका हुन् ।


उनले ३४ सय ६२ मतभार ल्याएका थिए । उनका कांग्रेस उम्मेदवार रेग्मीले २२ सय ४४ र राष्ट्रिय जनमोर्चाका उम्मेदवार शंकरप्रसाद बरालले १९८ मतभार पाए । श्रेष्ठले गण्डकी प्रदेशको अन्य समूहबाट राष्ट्रियसभा सदस्यमा उम्मेदवारी दिएका थिए ।


२०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा २ मा श्रेष्ठ सात हजार मतान्तरले बाबुराम भट्टराईसँग पराजित भएका थिए ।


यस्तै गण्डकीबाट नेकपाकै नेतृ भगवती न्यौपाने पनि विजयी भएकी छन् । उनी नेकपामा महिलातर्फबाट उम्मेदवार थिइन् । न्यौपानेले तीन हजार तीन सय ६६ मत ल्याइन् भने नेपाली कांग्रेसकी उम्मेदवार दुई हजार तीन सय ४० मत पाएका छिन् ।
उनीहरूबीच मतान्तर एक हजार २६ छ ।

प्रदेश ५ मा राष्ट्रियसभा सदस्यमा नेकपाका उम्मेद्वार विजयी
प्रदेश ५ बाट राष्ट्रियसभा सदस्य निर्वाचनमा नेकपाका उम्मेदवार विजयी भए । बिहीबार बेलुका सम्पन्न मत परिणाम अनुसार नेकपाबाट महिलातर्फ बिमला घिमिरे, अपांग तथा अल्पसंख्यकमा जगप्रसाद शर्मा र अन्यबाट गोपाल भट्टराई विजयी भएका हुन् ।

अपांग र अल्पसंख्यक कोटाबाट शर्मा ५ हजार ४ सय २४ मतभारसहित विजयी भएका छन्। शर्माका प्रतिस्पर्धी नेपाली काँग्रेसका मेराज अहमद हलवाई १ हजार ९८६ मतभार प्राप्त गरेर पराजित भएका छन्। संघीय समाजबादी पार्टीका सुनिल सिंघलले ४२० मतभार प्राप्त गरेका छन्।

महिलातर्फ घिमिरे ५ हजार ७ सय ७८ मतभार ल्याएर विजयी भएकी छन्। नेपाली काँग्रेसकी गिरिजादेबी न्यौपाने २ हजार १ सय मतभारसहित पराजित भएकी छन्।

अन्य समूहका भट्टराई ५ हजार ३ सय ८२ मत ल्याएर विजयी भएका छन्। कांग्रेसका बालकृष्ण पाण्डे २ हजार ५२ मतभार प्राप्त गर्दा संघीय समाजवादीका कृष्णप्रसाद यादवले ४ सय ४४ र राष्ट्रिय जनमोर्चाका शिव पौडेलले १ सय ५६ मतभार प्राप्त गरेका छन्। प्रदेश ५ बाट तीन पदका लागि ९ जनाको उम्मेद्वारी परेको थियो।

निर्वाचनमा ३ सय ३ मत खसेको थियो। प्रदेशका १२ जिल्लाका १ सय ९ स्थानीय तहका प्रमुख र उपप्रमुख २ सय १८ मध्ये १ सय १७ को मात्रै मत खसेको थियो।

कर्णाली प्रदेशको दुबै सदस्यमा नेकपा विजयी
कर्णाली प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार भएका छन् । नेकपाका तर्फबाट उम्मेदवार बनेका सुमित्रा विसी र मायाप्रसाद शर्मा विजयी भएका हुन् ।

विसीले ३ हजार ६ सय ८४ मत ल्याएकी छिन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी गणेशकुमारी बस्नेतले १ हजार २६ मत ल्याइन् ।

यस्तै शर्माले ३ हजार ६ सय १८ मत ल्याए । उनका प्रतिष्पर्धी कांग्रेसका डिल्लीराम पाठकले ९ सय ७६ मत पाए ।

सुदूरपश्चिमबाट नेकपाको स्वाँर र भट्ट निर्वाचित
सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभा सदस्यमा नेकपाका उम्मेदवार तारामान स्वाँर र शारदा भट्ट विजयी भएका छन् ।

बिहीबार डोटी सिलगढीमा सम्पन्न मतदानमा नेकपा उम्मेदवार तारामान स्वाँर र शारदा भट्ट विजयी भएका हुन् ।

स्वाँरले ३ हजार ७ सय २० अंकभार ल्याई विजयी भए । स्वाँरसँग प्रतिस्पर्धामा उत्रेका नेपाली कांग्रेस प्रताप ठगुन्नाले एक हजार ८ सय ४२ मत ल्याए ।


त्यसैगरी,महिला समूहबाट नेकपाकी शारदा भट्ट ३ हजार ७३८ मत ल्याइन् । उनकी निकटत्तम प्रतिष्पर्धी नेपाली कांग्रेसकी तुलसी देवकोटाले १ हजार ८५४ मत ल्याइन् ।


अन्य र महिला समूहतर्फका केही मत बदर समेत भएका छन् । अन्यतर्फ स्थानीय तहको ३ र महिला समूहतर्फ प्रदेशको १ र स्थानीयको २ गरी मतपत्र बदर भए


सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभाको निर्वाचनका लागि प्रदेश सांसद ५३ र स्थानिय तहका प्रमुख उपप्रमुख गरी १ सय ७६ गरी जम्मा २ सय २९ मतदाता रहेका छन् । जसमध्ये एक प्रदेश सांसद कल्पना देवी बोहरा र सैपाल गाउपालिका उपाध्यक्ष मना कुमारी साउद गरी २ जनाको मत खसेको थिएन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७