कोरोना भाइरस : ज्यान गुमाउने २५ पुगे, आपतकाल घोषणाबारे चर्चा शुरु

कोरोना भाइरबाट कसरी बच्ने ?


१० माघ २०७६, शुक्रबार
korona virus

काठमाडौं, ९ माघ । चिनियाँ नागरिकहरु चिनियाँ चन्द्र वर्ष मनाउने तयारी गरिरहँदा सरकार भने हुबेई प्रान्तमा घातक कोरोना भाइरससँग कसरी लड्ने भन्ने तयारीमा छ ।

कोरोना भाइरसको प्रकोप बढेसँगै बेइजिङ र हङकङले केही ठूला चाडपर्वहरुको आयोजना रद्द गरेका छन् । चिकित्सकहरुले यो भाइरस मानिसबाट मानिसमा सर्न सक्ने बताएपछि मानिसको ठूलो भिड एक साथ भेला हुन रोक लगाइएको हो ।

वुहान र हुबेईका अन्य शहरमा सार्वजनिक यात्रामा रोक लगाइएको छ । सार्वजनिक बस, विमानस्थल र ट्रेनलगायतमा प्रतिबन्ध लगाइएको छ । भाइरस फैलन नदिन एक करोड १० लाख जनसंख्या भएको वुहान शहरका साथै भएको ह्वाङ्ग गाङ्ग तथा इजौ शहरमा पनि यातायातमा प्रतिबन्ध लगाइएको हो ।

शुक्रबार चिनियाँ अधिकारीहरुले कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २५ पुगेको बताएका छन् । साथै आठ सयभन्दा बढी संक्रमित भइसकेका छन् । बिहीबार अमेरिकाले कोरोना भाइरसको दोस्रो संदिग्ध घटनामा अनुसन्धान भइरहेको बताएको छ । यो भाइरसको सङ्क्रमण चीनबाहेक अमेरिका, जापान, थाइल्याण्ड र दक्षिण कोरियामा पनि देखिइसकेको छ ।

‘आपतकाल घोषणा गर्ने बेला भइसकेको छैन’

ज्यान गुमाउनेमध्ये धेरै हुवेईका छन् । जसमा १३ जनाले ज्यान गुमाएका छन्, यो संख्या विदेशमा पुष्टि गरिएको भन्दा कम हो । यही कारण विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले बिहीबार भाइरसलाई ‘अन्तर्राष्ट्रिय आपतकाल’ भनेर घोषणा गर्नबाट अस्वीकार गरेको थियो ।

‘यो अझै पनि एक बन्न सक्छ’, विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा. टेड्रोस अदहानोम घेब्रिएसुसले भने । विश्व स्वास्थ्य सङ्गठनको आपतकालीन समितिले भनेको छ, ‘अहिले आपतकाल घोषणा गर्ने समय भइसकेको छैन । यो समितिले दुई वटा कारण अघि सारेको छ– ‘विदेशमा सीमित संख्या र चीनले गरिरहेको प्रयास ।’

हङकङका कार्यवाहक कार्यकारी प्रमुख मैथ्यु चेउङले पश्चिम कोउलुनस्थित उच्च गतिको रेलमार्फत हङकङ यात्रा गर्ने सबै यात्रीलाई शुक्रबारदेखि अनिवार्य स्वास्थ्य जाँच गर्नुपर्ने घोषणा गरेका छन् । काउलुन स्टेसन आइपुगेपछि उनीहरुले अनिवार्य स्वास्थ्य फाराम भर्नुपर्ने र तापक्रम जाँच गराउनुपर्ने उनले घोषणा गरेका हुन् ।

mahabanijya 1

उक्त स्थानमा बिहीबार अपराह्न कालो मास्क लगाएका प्रदर्शनकारीको समूहले रेल टर्मिनलमा ताला लगाउन खोजेका थिए । कोरोना भाइरस फैलाउन मुख्य भूमिका खेल्ने पर्यटकहरुलाई प्रवेश गर्न दिएको भनी उनीहरूले विरोध गरेका हुन् । उनीहरूलाई हटाउन दंगा प्रहरी नै परिचालन गर्नुपरेको थियो ।

यसैबीच यहाँको नेपाली महावाणिज्यदूतले पनि सूचना जारी गर्दै हङकङवासी सम्पूर्ण नेपालीलाई कोरोना भाइरसबाट बच्न र बचाउन आग्रह गरेको छ ।

१) विशेष गरी यो समय चीनको वुहान प्रान्तमा नजाने तथा भाइरस देखापरेका स्थानमा भ्रमण नगर्ने वा रद्द गर्ने ।

२) घर वा कोठा बाहिर जाँदा अनिवार्य मास्क लगाउने ।
३) सागसब्जी वा माछामासु किन्न जाँदा, बाहिर हिंडडुल गर्दा अनिवार्य मास्क लगाउने र उच्च सतर्कता अपनाउने ।
४) एन्टी सेप्टिक स्प्रे वा एन्टी सेप्टिक वेट टाबेल साथमै लिएर हिंड्ने र बेलाबेला हातमुख सफा गर्ने ।
५) उक्त भाइरस घाँटीबाट सरिरमा संक्रमण हुने भएकाले घाँटी सुक्खा हुने गर्छ ।
६) त्यसैले सकेसम्म बारम्बार पानी पिउने । सकेसम्म पानीको बोतल साथैमा बोकेर हिंड्ने, भीडभाडबाट अलग्गै रहने ।
७) भुटे–तारेका खानेकुरा नखाने, भिटामिन सीयुक्त खानेकुरा बढी खाने ।
८) रोग नियन्त्रण केन्द्रका अनुसार उक्त भाइरस सङ्क्रमण भएपछि अचानक उच्च ज्वरो आउने, केही छिनमै ठीक भए जस्तो हुने, फेरि दोहोरिने, टाउको दुख्ने, खोकी लागेपछि हत्तपत्त ठीक नहुने जस्ता लक्षण देखिन्छ । तसर्थ यस्तो लक्षण देखिए तुरुन्त नजिकको स्वस्थ केन्द्रमा गएर डाक्टरलाई देखाउने ।
९) बालबालिका र बूढापाकालाई यो भाइरस छिट्टै सर्न सक्ने भएकाले विशेषा सावधानी अपनाउने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७