अमेरिकी सेना हटाउनु पर्ने माग गर्दै इराकमा दशौं लाख मानिस उत्रिए सडकमा


१० माघ २०७६, शुक्रबार
irak 3

इराक, १० माघ । इराकबाट अमेरिकी सेना हटाउन माग गर्दै दशौं लाख मानिस सडकमा उत्रेका छन् । शुक्रबार राजधानी बगदादमा विशाल प्रदर्शन भएको छ ।

सिया धर्मगुरु मुक्तदा अल सद्रको आह्वानमा यो प्रदर्शन भएको थियो । अमेरिकाले जनवरी ३ मा इरानी जर्नेल कासिम सुलेमानीको हत्या गरेपछि इराकबाट अमेरिकी सेना हटाउनुपर्ने माग बलियो बनेको छ ।

इराकी संसदले समेत अमेरिका सेना हटाउनुपर्ने संकल्प प्रस्ताव पारित गरेको थियो । तर, ट्रम्प प्रशासनले यसलाई अस्वीकार गरेको थियो । सरकारी कार्यालय र विदेशी दूतावास रहेको बगदादको ग्रिन जोनमा यसबीचका अनेकौं रकेट आक्रमण भइसकेको छ । हाल इराकमा ५ हजार अमेरिकी सेना छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७