केराबारी गाउँपालिकामा बम विष्फोट, रातभर स्थानीय त्रासमा


११ माघ २०७६, शनिबार
morang 1

मोरङ, ११ माघ । मोरङको केराबारी गाउँपालिका कार्यालयमा अज्ञात समूहले बम विष्फोट गराएको छ । गाउँपालिका कार्यालय अगाडि राखिएको बम भने शनिबार बिहान मात्रै सेनाको टोलीले डिस्पोज गरेको छ ।

केराबारी गाउँपालिका–१० मा रहेको गाउँपालिका कार्यालयमा गए राति (शनिबार) १० बजेतिर बम विष्फोट भएको सोही गाउँपालिकाका अध्यक्ष रोहित कार्कीले जानकारी दिएका छन् ।
विष्फोटबाट कार्यालयका कोठासँगै छिमकको घरमा समेत क्षति पुगेको छ ।

त्यस्तै, गाउँपालिका कार्यालय नजिकै बम भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी लोकदर्शन थापाले जानकारी दिए । कार्यालयबाट करिब ४० मिटर उत्तरतर्फ सडकमा बम भेटिएको हो । उक्त बम भने नेपाली सेनाको बम डिस्पोजल टोलीले शनिबार बिहान डिस्पोज गरेको डीएएसपी थापाले जानकारी दिए ।

सडकमा बम राखिएको जानकारी पाएपछि स्थानीयले सुरक्षाकर्मीलाई खबर गरेका थिए । तर, सुरक्षाकर्मी समयमै नपुग्दा उनीहरु रातभर त्रसित बनेका थिए । दुवै घटनामा विप्लव समूहको संलग्नता हुनसक्ने ठानिएको छ । तर खुलिसकेको छैन ।

मोरङमा एक साताभित्र भएको यो दोस्रो हिंसात्मक घटना हो । यसअघि बिहीबार मात्रै विप्लव समूहले मोरङको मिक्लाजुङमा डोजर जलाएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७