आस्थाविरुद्ध जिल्ला प्रशासन कार्यालयमा अभियोग-पत्र दायर


१४ माघ २०७६, मंगलवार
aastha 2

काठमाडौं, १४ माघ । प्रहरीले गायिका आस्था राउतमाथि अनुसन्धान सकेर रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ ।

प्रहरीले बुझाएको रायको आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मंगलबार दिउँसो अभियोग–पत्र दायर गरिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सहायक जिल्ला न्यायाधिवक्ता नुमराज खनालले अभियोग पत्र दायर भइसकेको जानकारी दिएका छन् । योसँगै प्रहरीले थुनछेक बहसका लागि राउतलाई जिल्ला प्रशासन कार्यालय लगेको छ ।

मंगलबारै बहस सकिए प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले धरौटी वा साधारण तारेखमा राउतलाई छाड्न सक्ने जनाइएको छ । यसैबीच मंगलबारको प्रतिनिधिसभा वैठकमा सत्तारुढ नेकपाकै सांसदहरुले गायिका आस्था राउतमाथि अन्याय भएको बताएका छन् ।

उनीहरुले प्रहरीको यो कदमले सरकारलाई आलोचित बनाएको बताएका थिए । सांसद कोमल वलीले आफ्नो अभिव्यक्तिप्रति प्रहरीमा माफी मागीसकेको अवस्थामा गायिका राउतलाई चार दिन थुनामा राखिनु जायज नभएको बताएकी छन् ।

गत १ माघमा त्रिभुवन अन्तराष्ट्रय विमानस्थलको आन्तरिक टर्मिनलमा प्रहरी जवान रमिता श्रेष्ठसँग राउतको भनाभन भएको थियो । सिक्किममा आयोजित कार्यक्रममा सहभागी हुन जाने क्रममा भएको घटनापछि राउतले फेसबुक लाइभ गर्दै प्रहरीलाई गाली गरेकी थिइन् ।

राउतको भिडियो भाइरल भएपछि प्रहरी जवान श्रेष्ठले किटानी जोही दिएकी थिइन् भने चार दिनपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । सोमबार बिहान अभिभावकसहित टेकु पुगेर राउतले प्रहरीमा आत्मसमर्पण गरेकी थिइन् । त्यसपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौं उपस्थित गराएको प्रहरीले उनीमाथि अनुसन्धानका लागि चार दिनलाई अनुमति पाएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७