आन्तरिक राजश्व कार्यालयका कम्प्युटर अधिकृत घुस रकमसहित पक्राउ


१४ माघ २०७६, मंगलवार
pakrau

चितवन, १४ माघ । आन्तरिक राजश्व कार्यालय भरतपुरका एक जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुयपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले आन्तरिक राजश्व कार्यालयका कम्प्युटर अधिकृत रामकुमार अधिकारीलाई १० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

विद्युतीय बिजक जारी गर्ने अनुमतिपत्र बनाई दिने भन्दै सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा खटिएको अख्तियार टोलीले अधिकारीलाई उनकै कार्यकक्षबाट रङ्गेहात पक्राउ गरेको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७