विश्वप्रकाश शर्मा भन्छन्,‘माके जबजकै बाटोमा आएकाले एमालेले जबज छोड्नु हुँदैन’ 


२३ पुष २०७४, आईतवार
Biswa Prakash Sharma

काठमाडौं : नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले नेकपा एमालेले जनताको बहुदलीय जनवाद छोड्न नहुने बताएका छन् । नेकपा माओवादी केन्द्र जबजकै बाटोमा आएकाले एमालेले यो सिद्धान्त छोड्न नहुने नेता शर्माले बताएकाे हाे ।Biswa Prakash Sharma

नेता शर्माले कांग्रेस वाम गठबन्धन फुटाउनतिर नलाग्ने बताए । नेता शर्माले भने, ‘सिद्धान्तकै कारण वाम गठबन्धन फुट्छ, कांग्रेसले केही गर्नुपर्दैन ।’

कांग्रेस नेतृत्व जनतासम्म पुग्न नसकेकाले निर्वाचनमा पराजित हुनुपरेको नेता शर्माले बताए । यसबाहेक निर्वाचनको मुखमा एमाले र माओवादी केन्द्रबीच गठबन्धन भएकाले पनि निर्वाचनमा पराजित हुनुपरेको नेता शर्माले बताए ।

पार्टी चलाउन उमेर भन्दा पनि एजेन्डा प्रमुख हुने बताए । नेतासँगको कुराकानी जनता टेलिभिजनको कार्यक्रम सन्दर्भमा सोमबार विहान आठ बजे प्रशारण हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७