विप्लव समूहको अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष ढकाल पक्राउ


१ फाल्गुन २०७६, बिहीबार
chiranjivi dhakal

काठमाडौं, १ फागुन । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूह नेतृत्वको अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष चिरञ्जिवी ढकाल पक्राउ परेका छन् ।

बिहीबार करिब सवा १ बजे काठमाडौंको संकटा क्षेत्रबाट ढकाललाई महानरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । उनीसँगै अन्य चार जना पनि पक्राउ परेको एसएसपी सहकुल थापाले जानकारी दिएका छन् । प्रहरीले उनलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७