यु–१९ दुई दिवसीय हिमालयन क्रिकेट लिग भोलीदेखि हुँदै

४ फाल्गुन २०७६, आईतवार
Hcl

काठमाडौं, ४ फागुन । १९ वर्ष मुनिको दुई दिवसीय क्रिकेट प्रतियोगिता हिमालयन क्रिकेट लिगको तयारी पुरा भएको छ । भोली सोमबार हुने उद्घाटन खेलमा वाईवाई ग्रेट हिमालय क्रिकेट एकेडेमी (जिएचसिए) र हिमालय क्रिकेट एकेडेमी (एचसिए) भिड्ने भएका छन् ।

आयोजक हिमालय स्पोर्टस् म्यानेजमेन्टले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको उद्घाटन खेलमा जिएचसिए र एचसिए भिड्ने जनाएको छ । प्रतियोगिताको उद्घाटन खेल मुलपानी क्रिकेट मैदानमा सोमबार (भोली) हुनेछ ।

जिएचसिए र एचसिए समूह ’बी’ रहेका छन् । यस समूहमा नेक्सस क्रिकेट एकेडेमी समेत रहेको छ । अर्को समूहमा काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर, बालुवाटार क्रिकेट क्लब र ओसिस क्रिकेट एकेडेमी रहेका छन् ।

अर्कीड कलेजको मुख्य प्रायोजनमा चल्ने प्रतियोगिताको समूह विजेताले फाइनलमा खेल्ने ग्रेट हिमालय क्रिकेट एकेडेमीका अध्यक्ष सुदिप शर्माले बताएो ।

फागुन १८ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले १ लाख ५० हजार र उपविजेता टिमले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडी, व्याटसम्यान, बलर र उदयीमान खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७