बाँस्कोटा प्रकरणमा स्वीस दूतावासले भन्यो, ‘मिश्र हाम्रा एजेण्ट होइनन्’


८ फाल्गुन २०७६, बिहीबार
gokul 2

काठमाडौं, ८ फागुन । भर्खरै राजीनामा बुझाएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटासँग सम्बन्धित समाचारप्रति नेपालस्थित स्वीजरल्याण्ड दूताबासले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

बाँस्कोटासँग जोडिएर आएका समाचारहरुमा आफ्नो संलग्नता नरहेको स्वीजरल्याण्ड दूताबासले स्पष्ट पारेको छ । दूताबासले आज एक विज्ञप्ति जारी गर्दै सो घटनासँग सम्बन्धित कुनै पनि विषयमा छलफल नभएको र भविष्यमा पनि नहुने जनाउँदै समाचारमा उल्लेखित व्यक्ति विजयप्रकाशश मिश्रसँग दूताबासको कुनै सम्बन्ध नरहेको र उनी स्वीस कम्पनीको नेपाल एजेन्ट नरहेको उल्लेख गरेको छ ।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटा सेक्युरिटी प्रेसको कमिसन प्रकरणमा मुछिएपछि आज (बिहीबार) प्रधानमन्त्री केपी शर्मा ओली समक्ष राजीनामा बुझाएका छन् । बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङमा स्वीस एजेन्ट भनिएका बिजय प्रकाश मिश्रसँग बार्गेनिङ गरेको अडियो विभिन्न सञ्चार माध्यममार्फत सार्वजनिक भएको थियो ।

ssss

गत पुस २१ गते बसेको संसदको सार्वजनिक लेखा समितिको बैठकमा सेक्युरिटी प्रिन्टिरबारे भएको छलफलमा विज्ञ बनेर सांसदहरुसँग छलफल गर्न पुगेका मिश्रले नै अडियो सार्वजनिक गरेका हुन् । उनले स्वीस कम्पनीका नेपाली एजेन्टकारुपमा मन्त्री बाँस्कोटासँग करोडौं कमिशनको डिल गरेको थिए ।

स्वीस कम्पनीले ७५ करोड रुपैयाँ कमिसन दिँदा पनि सञ्चारमन्त्री प्रिन्टरको भाउ बढाएर पनि ४ अर्ब भन्दा बढी झिक्न भनेको अडियो अहिले भाइरल छ । मिश्रले कम्पनीबाट प्राप्त हुने ७५ करोडमध्ये ५५ करोड रुपैयाँ कमिशन दिँदा पनि सञ्चारमन्त्रीले जर्मन कम्पनीबाट प्रिन्टर ल्याउन खोजेको रिसमा उक्त अडियो सार्वजनिक गरेका छन् ।

उजुरीकर्ता मिश्रलाई समितिले सेक्युरिटी प्रिन्टिङ विज्ञका रुपमा समेत छलफलमा राखेको छ । यसमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरुले भने आपत्ति जनाएका थिए । एउटै व्यक्तिलाई अनेक रुपमा समितिमा बोलाइएकोबारे सांसद सूर्य पाठकले कारण नै मागेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७