घट्न थाल्यो सुनकाे भाउ, कतिमा हुँदैछ कारोबार ?


१३ फाल्गुन २०७६, मंगलवार
gold

काठमाडौं, १३ फागुन । दिनहुँ नयाँ रेकर्ड बनाइरहेको सुनको भाउमा आज (मंगलबार) भने ब्रेक लागेको छ ।

आज नेपाली बजारमा सुनको भाउ घटेको छ । सोमबार तोलाको ८० हजार ३ सय पुगेर रेकर्ड कायम गरेको सुनको भाउ मंगलबार भने केही घटेको छ । सुनको भाउ तोलामा ३ सय रुपैंयाँ घटेको छ । मंगलबारका छापावाला सुन प्रति १० ग्राम अर्थात तोलाको ८० हजार कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

सोमबार तोलाको ८० हजार ३ सयमा कारोबार भएको थियो । आइतबारको तुलनामा सोमबार एकै दिन तोलामा १ हजार ५ सयले बढेको थियो । आइतबार तोलाको ७८ हजार ८ सयमा कारोबार भएको थियो ।

यस्तै तेजावी सुनको भाउ पनि तोलामा ३ सय रुपैयाँले नै घटेर ७९ हजार ७ सय तोकिएको महासंघले जनाएको छ । सोमबार तोलाको ८० हजारमा कारोबार भएको थियो । मंगलबार चाँदीको भाउ भने स्थिर छ । चाँदी तोलाको ९ सय २५ मा स्थिर रहेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७